२०७६ मंसिर २१ गते

शिक्षा पत्रकार समुहको अध्यक्षमा सुब्बा


काठमाडौं । शिक्षा पत्रकारहरुको साझा मञ्च शिक्षा पत्रकार समूहको अध्यक्षमा शिक्षक मासिक पत्रिकामा कार्यरत रोश्ना सुब्बा निर्वाचित भएकी छिन् । समूहको शनिवार सम्पन्न १८ औं अधिवेशनले सुब्बाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । समूहले पहिलोपटक महिला अध्यक्ष पाएको हो ।


अधिवेशनबाट समूहको  उपाध्यक्षमा गोरखापत्र दैनिकका शेषकान्त पण्डित र महासचिवमा रेडियो नेपालका चन्द्र बानियाँ निर्वाचित भएका छन् ।


यसैगरी, सचिवमा कृष्णसार एफएमका  तुला अधिकारी र कोषाध्यक्षमा शिक्षालय मासिक पत्रिकाका श्याम तन्डुकार निर्वाचित भएका छन् । समितिको सदस्यमा इमेज एफएमका निर्जला कक्षपति, कारोबार दैनिकका बासुदेव तिमल्सिना, आर्थिक अभियान दैनिकका ममता थापा, पाठशाला मासिकका कृष्ण मल्ल, आजको शिक्षा साप्ताहिकका रोशन क्षेत्री गाउँले, कारोबार दैनिकका गोपाल संग्रौला, र उज्यालो एफएमका विष्णु विवेक विश्वकर्मा र इमेज टेलिभिजनका प्रज्ञा तिमल्सिना निर्वाचित भएका छन् ।


निर्वाचित भएसँगै अध्यक्ष सुब्बाले शिक्षाका मुद्धा वकालत गर्न थप सक्रिय भएर अघि वढ्ने बताइन् । सबै साथीहरुलाई मिलाएर अघि वढ्ने भन्दै  उनले समूहमा देखिने गरी सुधार गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।  

Comments: