२०७६ कार्त्तिक २ गते

स्ववियु चुनाव 'फागुन १४ मै'

काठमाडौं । नौ वर्षदेखि रोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव आगामी फागुन १४ गते हुने निश्चित भएको छ । त्यसनिम्ति प्रमुख राजनीतिक दलनिकट विद्यार्थी संघरसंगठनहरू एकमत भएका छन् । त्रिभुवन विश्वविद्यालयले निर्वाचन तालिका सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ । त्रिवि रेक्टर प्रा। सुधा त्रिपाठीले भनिन्, ‘हामी चुनाव तालिका चाँडै सार्वजनिक गर्दै छौं ।’

विश्वविद्यालय र क्याम्पसहरूमा विद्यार्थी हकहितका निम्ति २०३६ सालदेखि स्ववियुको चुनाव हुँदै आएको छ । पूर्वविद्यार्थी नेता तथा सहप्राध्यापक गोवद्र्धन रानाका अनुसार पञ्चायतकालमा क्याम्पसमा विद्यार्थीलाई नियन्त्रित ढंगले युनियन खोल्न दिइएको थियो । ‘प्रजातान्त्रिक आन्दोलनमा नेपाल विद्यार्थी संघ’ पुस्तकका लेखक राना भन्छन्, ‘विद्यार्थीले भने अन्य मुलुकमा जस्तै निर्वाचनका आधारमा स्वतन्त्र विद्यार्थी युनियन चयन हुनुपर्ने माग राख्दै आएका थिए । कलेजले मनोनीत गरेर खेलकुद तथा विद्यार्थी कल्याण गतिविधि सुचारु राख्थ्यो ।’

उति बेला बलबहादुर केसीको अध्यक्षतामा नेवि संघ, टंक कार्कीको नेतृत्वमा अनेरास्ववियु ९पाँचौं० र शरणविक्रम मल्लको नेतृत्वमा रसियन फेडरेसन स्ववियु स्थापनाको माग गर्दै आन्दोलनमा उत्रिएका थिए । ‘विद्यार्थी आन्दोलन मत्थर पार्न राज्यले अनेक उपाय रच्यो, अन्ततस् लामो समय क्याम्पस बन्द गरायो,’ राना भन्छन्, ‘त्यसको प्रतिफलस्वरूप ती विद्यार्थी गाउँ पसेर विद्यालयमै आन्दोलन गर्न थालेपछि सरकार झुक्न बाध्य भयो र २०३६ सालमा स्ववियु खोल्न दियो ।’ उक्त स्ववियु निर्वाचनमा ७० प्रतिशत मत नेवि संघले पाएको राना उल्लेख गर्छन् ।

अब हुने स्ववियु चुनाव मिश्रित प्रणालीमा हुनेछ । उम्मेदवारी दिने विद्यार्थीको उमेर २८ वर्षको हुनेछ । मिश्रित प्रणालीका आधारमा हुने स्ववियु निर्वाचनमा अध्यक्ष, सचिव र कोषाध्यक्षको मतदान एक व्यक्ति एक मतका आधारमा हुनेछ । सदस्यहरूका हकमा जम्मा निर्वाचित हुनेमध्ये ५० प्रतिशत सदस्यहरू प्रत्यक्ष निर्वाचन प्रणालीबाट आउनेछन् । बाँकी ५० प्रतिशत सदस्यहरूको निर्वाचन समानुपातिक प्रणालीबाट हुनेछ । उपाध्यक्ष र सहसचिवको निर्वाचन निर्वाचित अध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्यहरूसहितको समितिले समानुपातिकतर्फबाट निर्वाचित सदस्यहरूमध्येबाट प्रत्यक्ष निर्वाचन प्रणालीबाट गर्ने स्ववियु नियममा छ ।

स्ववियु निर्वाचितमध्ये समानुपातिकतर्फका सदस्य र पदाधिकारीलाई सम्बन्धित संघ, संगठन वा समूहले कारण जनाएर फिर्ता बोलाउन सक्ने र रिक्त स्थानमा सम्बन्धित संगठनको बन्दसूचीभित्रका नाममध्येबाट अर्को सदस्य मनोनयन गर्न सक्ने व्यवस्था छ । सरकारले फागुनमा स्थानीय निकायको चुनाव गराउन सम्भव नभएको भन्दै विद्यार्थी संघरसंगठनहरूलाई स्ववियु चुनावमा होमिन निर्देश गरेको जनाइएको छ । मधेसवादी, जनजातिलगायत अन्य दलनिकट विद्यार्थी संघरसंगठनले मिश्रित प्रणालीमा हुने स्ववियु चुनावलाई सकारात्मक रूपमा लिएको जनाएका छन् ।


चुनावमा होमिनुको विकल्प छैन

नैनसिंह महर, अध्यक्ष, नेवि संघ

त्रिविले घोषणा गरेको स्ववियु चुनावलाई नेवि संघले स्वागत गरिसकेको छ । नेवि संघको नेतृत्वमा २०३६ सालको विद्यार्थी आन्दोलनको जगमा स्ववियु संस्थाको जन्म भएको हो । संघको केन्द्रीय समिति बैठकले घोषित मितिको स्ववियु चुनावमा भाग लिने निर्णय गरिसकेको छ । पार्टी केन्द्र ९कांग्रेस० को शीर्षस्थ नेतृत्वबाट चुनावमा जान निर्देशन पाइसकेका छौं ।


स्ववियुसित नेवि संघको रगतको साइनो छ । स्ववियु संस्थाको औचित्य मेटिनु हुन्न । त्यसैले नेवि संघ जुनसुकै हालतमा स्ववियु चुनावमा सहभागी हुन्छ । उम्मेदवारको उमेर हद र चुनावी प्रणालीबारे हाम्रा केही विमति रहेकाले सच्याउन आग्रह गरेका थियौं । तर, अन्तिम घडीमा त्यो सम्भव रहेन । यतिखेर सक्रिय रूपमा चुनावमा होमिनुको विकल्प छैन । संघ शतप्रतिशत शक्ति लगाएर चुनावमा होमिन्छ । निर्वाचन व्यवस्थित पार्न मेरै संयोजकत्वमा सात हजार एक सदस्यीय ‘स्ववियु निर्वाचन परिचालन तथा व्यवस्थापन मूल तयारी समिति’ गठन भइसकेको छ । अब त्रिविले निर्वाचन तालिका र आचारसंहिता जारी गरेलगत्तै त्यसै अनुसारका सांगठनिक क्रियाकलापहरू तीव्र ढंगले जारी राख्छौं ।

 

अनेरास्ववियु अगुवाइ गर्न तत्पर’

नविना लामा, अध्यक्ष, अनेरास्ववियु

हाम्रो संगठनले जसरी हुन्छ स्ववियु चुनाव हुनुपर्छ भन्दै आएको छ । हामीले त्रिविले स्ववियु चुनावको मिति घोषणा गरेलगत्तै स्वागत गरेका छौं । मिश्रित प्रणाली र उम्मेदवारको उमेर २८ वर्ष भएकामा कुनै विमति छैन । पार्टी पंक्तिबाट स्ववियु चुनावमा होमिन निर्देशन पाइसकेका छौं । चुनावको पूर्ण तयारीमा छौं । संगठनको विधानअनुसार उपाध्यक्ष महेश बर्तौलाको नेतृत्वमा स्ववियु काउन्सिल अघि बढेको छ । स्ववियु केन्द्रित रहेर प्रदेश र क्याम्पस तहमा एकसाथ बैठक र विद्यार्थी परिचालनको काम भइरहेको छ । निर्वाचन पारदर्शी बनाउन डिजिटल सिस्टमबाट भोटिङ हुनुपर्छ भनेका छौं । यो पटक भोटकै लागि नयाँ विद्यार्थी भर्ना हुन पाउनेछैनन् । नियमित विद्यार्थीले मात्र मतदान गर्न पाउनेछन् ।
अनेरास्ववियु अब उच्च शिक्षा हासिल गरेका कुनै पनि युवा बेरोजगार नबनून् भन्ने पक्षमा छ । त्यसनिम्ति हाम्रो मुलुकको शिक्षा गुणस्तरीय हुनुपर्छ । हाम्रो संगठनले भर्खरै ‘हाम्रो स्कुल राम्रो स्कुल, हाम्रो क्याम्पस राम्रो क्याम्पस’ देशव्यापी अभियान थालेको छ । अहिले त्रिविले पारित गरेको विधिरप्रणालीअनुसार स्ववियु निर्वाचनलाई सभ्य, स्वच्छ, अनुशासित, मर्यादित, मितव्ययी, पारदर्शी र भयरहित ढंगबाट सम्पन्न गर्न सबै पक्षसित अपिल गर्छौं । स्ववियुको गरिमा, भूमिका र महत्त्वलाई बचाउन तथा रक्षा गर्न अनेरास्ववियु स्ववियुको अगुवाइ गर्न तत्पर छ ।

 

विद्यार्थी संगठनबीच समन्वय गरेका छौं

नरेन्द्र न्यौपाने, अध्यक्ष, अनेरास्ववियु (क्रान्तिकारी)

हाम्रो संगठनले त्रिविले घोषणा गरेको स्ववियु चुनावलाई पूर्ण रूपमा स्वागत गरिसकेको छ । हाम्रो पार्टी (माओवादी केन्द्र) नेतृत्वको सरकार भएको र सरकार प्रमुख नै पार्टी अध्यक्ष हुनुभएकाले उहाँबाट तत्काल स्ववियु चुनावमा होमिने निर्देशन प्राप्त भएको छ । सरकारले स्थानीय तहको निर्वाचन चैतपछि गराउने भएकाले स्ववियु चुनाव फागुनमै सम्पन्न गराउनुपर्ने भन्ने छ । उहाँले अन्य दलका प्रमुखहरूसित समेत समन्वय गरिसक्नुभएको बुझिएको छ ।


हामीले स्ववियु चुनावलाई लिएर अन्य विद्यार्थी संगठनहरूबीच समन्वय गरिसकेका छौं । विश्वविद्यालयले कानुनी रूपमा जे ल्यायो त्यो मानेर चुनाव लड्ने सहमति गरेका छौं । हाम्रो संगठनले डेढमहिने क्रान्तिकारी जागरण अभियान सम्पन्न गरिसकेको छ । स्ववियु चुनाव देशव्यापी रूपमा सशक्त ढंगले परिचालन गर्न मेरो संयोजकत्वमा पाँच हजार तीन सय त्रिपन्न सदस्यीय मूल निर्वाचन परिचालन समिति गठन भइसकेको छ । राजधानी लगायतका क्याम्पसहरूमा विद्यार्थी संगठनहरूले चुनाव प्रचारप्रसार कार्य तीव्र गतिमा अघि बढेको छ । बरु त्रिविले निर्वाचन तालिका र आचारसंहिता जारी गर्न ढिलाइ गरेको छ ।कान्तिपुर दैनिकमा खबर छ ।

Comments: