२०७६ साउन ३२ गते

पाँचै विकास क्षेत्रको माध्यमिक तहको गणित विषयको नतिजा सार्वजनिक (नामावली सहित)

ईपाटी संवाददाता


भक्तपुर । शिक्षक सेवा आयोगले गत असारमा लिएको कार्यरत अस्थायी शिक्षक  परीक्षा अन्तर्गत अन्तर्वार्ताको नतिजा सार्वजनिक गर्ने क्रम शुरु गरेको छ ।

निम्नमाध्यमिक र प्राथमिक तहको नतिजा सार्वजनिक गरिसकेको आयोगले आइतवार देखि माध्यमिक तहको नतिजा प्रकाशन गर्न शुरु गरेको हो ।

मंगलवार  आयोगले पाँचै विकास क्षेत्रको माध्यमिक तहको गणित विषयको नतिजा  सार्वजनिक गरेको छ ।


कूल २२ हजार ७६ पदका लागि गत असार २९ र ३० गते भएको अस्थायी शिक्षकको परीक्षाको लिखितको नतिजा आयोगले गत मंसिर १० गतेबाट सार्वजनिक गर्न शुरु गरेको थियो । लिखितमा आवश्यक पद भन्दा निकै कम उम्मेद्वार मात्रै पास भएका थिए ।


विज्ञापन भएको पदमा आवश्यकता अनुसार परीक्षामै सहभागी नभएको र भए पनि अन्तर्वार्ताका लागि छनौट हुन नसकेको नतिजा सार्वजनिक भएको थियो । तिनै तहमा गरी लिखितका लागि २३ हजार २ सय ८६ आवेदन परेको थियो । तर परीक्षामा २२ हजार २ सय ३५ जना सहभागी भएका थिए ।

1

Comments: