काठमाडौँ । अस्थायी शिक्षक, विद्यालय कर्मचारीका न्याय खोस्नेहरुका विरुद्ध पुनरुत्थानवादी शक्ति नेपालले युद्धको घोषणा गरेको छ ।

निम्न वर्गका नागरिक, पीडित व्यक्तिहरुलाई सदा तल्लो तहमा नै राखी त्यसैमाथि राजनीति गर्न आदत परेको यो सरकार र यसका प्रमूख अंग तथा निकाय उपर युद्ध गर्नका लागि युद्धको घोषणा गरिएको पुनरुत्थानवादी शक्ति नेपालले जनाएको छ ।

सर्वोच्च अदालतले गरेको फैसला कार्यन्वयन नगर्ने शिक्षक सेवा आयोग, शिक्षक कर्मचारीका संघसंगठन, फैसला कार्यन्वयन निर्देशनालय लगायतका संस्थाहरुको विरुद्द युद्दको घोषणा गरिएको पुनरुत्थानवादी शक्ति नेपालले जनाएको छ ।

अदालतले पटक–पटक फैसला गर्दा समेत न्याय नदिनेहरुसँग अब वारपारको युद्द हुने पुनरुत्थानवादी शक्ति नेपाल का नेता शेखरजंग रायमाझीले बताए ।

जनताले जनतामाथि गरेको शासन बर्बर हुन्छ, त्यसकारण विवेक, न्याय र शक्तिको शासन राजतन्त्रमा मात्र सम्भव छ । दिल्लीमा भएको १२ बुंदे सम्झौताले नेपालीको आफ्नो  शासन गर्ने निर्णायक हैसियत गुम्यो तसर्थ संविधानसभा लगायत अनेक नाटक मन्चन गरी बनाइएको नेपालको संविधान २०७२, बैदेशिक दवाव, प्रभाव र प्रलोभन को दुषित फल हो । रायमाझीले भने । जब–जब शासकले आफ्ना नागरिक माथि अन्याय अत्याचार र दमन गर्दछ तब–तब नागरिकहरु विद्रोह तथा युद्द गर्न बाध्य हुन्छन ।

हाल शिक्षक, कर्मचारी, विद्यालय तथा विश्वविद्यालय र गौचरण मसानघाट, गुठि तथा मन्दिरहरुको जग्गाजमिन अतिक्रमण, बिक्रि तथा भाडामा लगाई भ्रष्टाचार गर्ने दलाल र तिनका मतियारहरुमाथि परराश्त गर्न यो युद्दको घोषणा अपरिहार्य भएको नेता रायमाझीले जिकिर गरे । ‘त्यस्ता दुष्ट फटाहा तथा ठगहरुलाई बल प्रयोग गरी ध्वंस गर्छौ’– रायमाझीले भने ।

शिक्षक कर्मचारीलाई सधैँ अन्यायमा राख्ने, अदालतको आदेश नमान्ने र  देशको सर्वोच्च न्यायलयमा नै झुटो विवरण पेश गरी कैयौं शिक्षकहरुलाई रोजगार वीहिन बनाउने शिक्षक सेवा आयोग, वर्ग दुश्मन विद्यालयका शिक्षक कर्मचारीका संघसंगन, युनियन र महासंघ माथि तत्काल युद्ध थाल्ने पुनरुत्थानवादी शक्ति नेपालकी प्रमुख नेता तारा बरालले जानकारी दिइन् ।

अस्थायी शिक्षक, विद्यालयकर्मचारीको न्याय खोस्ने साथै विद्यालयको सार्वजनिक सम्पत्ति हिनामिना गर्ने विरुद्ध युद्ध छेडेको अर्का नेता गोविन्द बहादुर पौडेलले बताए ।

अधिवक्ता कोषराज काफ्लेले अन्यायमा परेका शिक्षक कर्मचारीको आक्रोशको अन्तिम रुप नै युद्धको घोषणा भएको बताए ।

२०७५ पुस ६ गते ११:४४मा प्रकाशित

प्रतिकृया दिनुहोस्