२०७६ चैत्र २० गते

विश्वविद्यालय अनुदान आयोगको सदस्यमा बास्कोटा र माकाजु नियुक्त

इपाटी संवाददाता

काठमाडौं । सरकारले विश्वविद्यालय अनुदान आयोगको रिक्त सदस्यमा दुई विश्वविद्यालयका उपकुलपतिलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को निर्ण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गोकुल बास्कोटाले आयोगको रिक्त सदस्यमा त्रिभुवन विश्वविद्यालका

उपकुलपति धर्मकान्त बास्कोटा र काठमाडौं विश्वविद्यालयका उपकुलपति रामकण्ठ माकाजुलाई नियुत्क्त गरिएको जानकारी दिए । मन्त्रिपरिषद्को माघ १३ को निर्णअनुसार रिक्त पदमा बास्कोटा र माकाजुलाई नियुक्त गरिएको हो ।


Comments: