२०७६ मंसिर ४ गते

नवनियुक्त त्रिवि उपकुलपति बाँस्कोटाद्वारा पदबहाली

अन्तैबाट

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति डा. धर्मकान्त बाँस्कोटाले सोमबार पदबहाली गरेका छन् । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा उनले पदबहाली गरेका हुन् ।

प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले आईतबार उनलाई उपकुलपतिमा नियुक्ति गरेका थिए । सोमबार नियुक्ति पत्र बुझेर उनले पदभार ग्रहण गरेका हुन् ।


Comments: