२०७६ असोज ३० गते

हुम्लामा बहुप्राविधिक धारको विद्यालय स्थापना हुने

राजन रावत/हुम्ला



हिमाली जिल्ला हुम्लामा चालु आर्थिक वर्षमा बहुप्राविधिक धारको विद्यालय स्थापना हुने भएको छ ।

विद्यालयको स्थापना भएपछि हाल जिल्लाबाट प्राविधिक बिषय अध्ययन गर्न ठूलो धनराशी खर्च गरेर विद्यार्थीहरु जिल्ला बाहिर जाने अवस्थाको अन्त्य हुने विश्वास स्थानीयले लिएका छन् ।

कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्षमा जिल्लामा एउटा बहुप्राविधिक धारको विद्यालय स्थापना गरिने र विद्यार्धीहरुलाई जिल्लामै अध्ययन गर्ने बातारण तय गर्न सरकार लागेको सामाजिक विकासमन्त्री दल बहादुर रावलले जानकारी दिए । यी प्राविधिक धारका विषय अध्ययन गर्न हुम्लाका गरिब तथा जेहेन्दार विद्यार्थीहरु जग्गा जमिन बिक्री गरेर जिल्ला बाहिर महंगोमा अध्ययन गर्ने परम्पराको अन्त्यका लागि सरकारले यो कार्यक्रम ल्याएको उनले बताए ।

दुर्गम जिल्लामा पनि क्षमतावान विद्यार्थीहरु भएको र उनीहरुको सस्तोका अध्ययन गर्न पाउन पर्ने अवस्था सृजना गर्नु प्रदेश सरकारको कर्तब्य भएको मन्त्री रावलले बताए । यसका लागि कर्णाली प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणका लागि सरकारले बजेटको व्यवस्था गरेको छ ।

जिल्ला कै पुरानो विद्यालय मानसरोवर नमूना माध्यामिक विद्यालयको ५९ औं बार्षिक उत्सब तथा अविभावक दिवसको अवसरमा मन्त्री रावलले अब स्थापना हुने बहुप्राविधिक धारको विद्यालयमा कृषि, पशु, स्वास्थ्य, इन्जिनीयरिङ, पर्यटन र होटेल म्यानेजमेण्ट विषय अध्ययन हुने स्पष्ट पारेका हुन् ।

Comments: