२०७७ जेष्ठ १७ गते

शिक्षा सुधार्न जागे सरोकारवाला

राजन रावत/हुम्ला

          



जिल्लाका समग्र शिक्षाका समस्या समाधान गरी सिकाइ सुधार गर्न भन्दै  एकदिने अन्तर्क्रिया सम्पन्न भएको छ ।

जिल्लाको शैक्षिक अवस्था तथा सामाजिक समावेशीकरणको अनुसन्धान गर्न आएका त्रिभुवन विश्वविद्यालय मानव शास्त्र विभागको टोली र जिल्लाका सञ्चारकर्मी सरोकारवालाहरुबीच अन्तर्क्रिया सम्पन्न भएको हो ।

अन्तर्क्रिया कार्यक्रममा जिल्लाका संचारकर्मीहरुले शिक्षा क्षेत्रका विकृति र विसंगतिका वारेमा टोलीलाई जानकारी गराएको थियो ।

स्थानीय सरोकारवालाहरुले कार्यक्रममा  जिल्लामा विगत १४ बर्ष देखि दरवन्दी मिलान नहुनु, शिक्षक विद्यार्थी अनुपातको सरकारी नीति उपुक्त नभएको, शिक्षकहरुलाई घरपायक दरवन्दी अनुपयुक्त देखिएको, अनुगमनको पाटो फितलो, विद्यालय भवन आवश्यकता भन्दा पनि पहुँचका आधारमा बितरण हुनु,  राजनीति हस्तक्षेत्र हुनु, आबश्यकता भन्दा पनि पहुँचका भरमा शिषक भर्ना गरिनु जस्ता समस्याहरुले गर्दा जिल्लाको शिक्षा क्षेत्र बिग्रिएको धारणा राखेका अनुसन्धानकर्ता दल वहादुर लिम्वुले बताए ।

 योसंगै जिल्लाको शिक्षा क्षेत्रको सुधार गर्न आवासिय विद्यालयको धारण अगाडी सार्नु पर्ने सुझाव सञ्चारकर्मी दिएको लिम्वुले जानकारी दिए ।

हुम्ला जिल्लाको सामाजिक समावेशीकरणको अवस्थाको वारेमा अनुसन्धान गर्न त्रिवि मानव शास्त्र बिभागवाट प्राध्यापक डाक्टर विनोद पोखरेलको टोली अनुगमन क्रममा जिल्लामा आएको थियो ।

 यसअघि नै जिल्लाको सिमकोट र खार्पुनाथ गाउँपालिकाको सो क्षेत्रको अनुसन्धान विभागबाट अनसन्धानकर्ता  लिम्वु  जिल्लामा आएर अध्ययन गरिरहेका छन् । अहिले अध्ययन भएको अनुसन्धानको प्रतिवेदन आगामी सन २०२० मा सार्वजनिक हुने भएको छ ।



Comments: