२०७६ भदौ ३० गते

राज्यले कदर गर्न नसकेका 'कदर'


तेजेन्द्र के.सी. /रुपन्देही


समाजमा काम गर्न भन्दा कुरा गर्न मानिस भेटिन्छन । जुनसुकै पेशामा पनि आफुलाई अरु भन्दा धरै माथी छु भन्दै प्रचार गर्नेहरुको कमी छैन । तपाई हाम्रो समाजको  शिक्षा क्षेत्र पनि यस्तै छ ।  केही अपवाद रुपमा निरन्तर राम्रा काम गर्ने गर्नेहरु पनि भेटिन्छन् ।  बुटवलको एक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भने  कामको माध्यमबाट काम गरेर  उदाहरणीय बनेका छन  ।

आत्मविश्वास, काम गर्ने रुचि भएपछि केहि कुराले रोक्न सक्दैन भन्ने   पुष्टी गरेकाछन्  बुटवलको नबिन औद्यौगीक कदरबहादुर रिता उमाविका पूर्व अध्यक्ष कदर बहादुर रायमाझीले । आफनो पारिवारीक प्रेरणाको कारण शिक्षा क्षेत्रमा लागेका उनी आफनो लागि भन्दा अरुको लागि केहि गरेर देखाउनु पर्दछ भन्ने उदेश्यका साथ शिक्षाक्षेत्रमा खटिरहेका छन् । जसरी नबिन औद्योगिक कदर बहादुर रीता उमाविको आफ्नो छुट्टै र सफल  पहिचान छ ,त्यसरी नै उक्त संस्थालाई हरकदममा उचित निर्देशन दिँदै सफलताको मार्गतर्फ डोराउदै नेपालकै नमुना विद्यालयको रुपमा स्थापित गराउन सफल भएका कदर बहादुर रायमाझीको पनि छुट्टैै  पहिचान बनेको छ ।


बुटवल नगरपालिकको १३ नं वडामा रहेको सो विद्यालयमा करिव १५÷१६बर्ष अघि उनी आउँदा   विद्यालयको अवस्था नाजुक थियो । प्रावि तहमात्रै रहेको विद्यालयमा टिनको छानो, डेढ सयको हाराहारीमा विद्यार्थी र ७ जना शिक्षक मात्रै रहेका थिए । मोतिपुर सेमलार गाविसका विद्यार्थीहरु आउनको लागि  तिनाउ खोला बाधक थियो  । हिउँदमा विद्यालय आएपनि विद्यार्थीहरु बर्खामा बाढीका कारण आउन सक्ने अवस्था थिएन । उनी भन्छन् ‘म आउँदा विद्यालयमा  नगरपालिकाको हाट बजार लगाउने स्थानमा  सानो टिनको छानोमा थियो । वरिपरी सुकुम्वासी बस्ती थियो । अभिभावकहरु दिनभर मजदुरी गर्न जाने र  बालबालिकाहरु खोलामा पोडी खेल्ने , माछा मार्ने , धुलोमा खेलेर दिन बिताउने गर्दथे ।’
 


‘स्कुल पठाउनुपर्छ भन्ने सोच न अभिभावकमा थियो नत बालबालिकाहरुलाई स्कुलमा ल्याउनुपछ भन्ने सोच विद्यालय परीवारमा नै । केवल स्कुल छ भन्ने मात्र थियो । अझ शिक्षा क्षेत्रमा काम गर्नेहरुको दृष्टीकोण पनि सुकुम्बासी बस्तीको स्कुल न हो केही गर्नु पदैन् भन्ने थियो ।’ उनी विगत सम्झन्छन् ।



 
शिक्षामा प्रवेश
व्यापार व्यवसायमा व्यस्त उनलाई स्थानीय अग्रजहरुले नै विद्यालय सुर्धान विव्यसमा आउनुपर्ने प्रस्ताव गरे । युवा जोश, व्यवस्थापनको अनुभव, राम्रो आर्थिक हैसियत र उद्योगीका रुपमा बनेको सम्बन्ध देखेर उनलाई विद्यालयको विव्यसमा प्रस्ताव गरिएपछि उनी २०५६ सालमा विधिवत रुपमै विव्यस अध्यक्षमा मनोनित भए । जतिबेला उनी बुटवलमा उदयमान उधोगी थिए ।  तनँहको भानु गाविसका  २००६सालमा जन्मीएका रायमाझि रुपन्देही क्रर्म क्षेत्र बनाएर यतै रमाउन थालेका थिए । उनले यहाँ विभिन्न उधोग सञ्चालन गर्दै आएका थिए भने  उद्योगीहरुको संघ संगठनमा पनि नेतृत्व गरिसेका थिए । समाजिक क्षेत्रपनि उनको उत्तिकै सकृयता थियो ।  ईन्जीनियरङ्गमा डिप्लोमा गरेका  उनलाई सानौदेखि शिक्षा क्षेत्रको सुधार गर्नुपर्छ भन्ने लाग्दथ्यो । ‘मलाई सानै देखि सामुदायिक शिक्षा कसरी सपार्न सकिएका भन्ने लागिरहन्थ्यो । स्थानीय अग्रज मात्रै होइन शिक्षा कार्यालयले नै पत्र पठाए विद्यालयमा नेतृत्व लिन आग्रह गरेपछि नाई भन्न सकिन ।’ उनी भन्छन ‘मलाई गाडीमा सरर विद्यालय आउँदा गाडीको पछि दौड्ने स्थानीय सुकुम्बासीका बच्चाहरुलाई कसरी विद्यालयमा ल्याउन सकिएला भन्ने मात्रै लागिरह्यो । र त्यसका लागि योजना बनाएर काम गर्न थालेँ ।’



कसरी काम गर्ने ?
‘विव्यस अध्यक्ष भएपछि मैले योजनावद्ध रुपमा काम गर्ने योजना बनाए । प्रअले जे भन्यो त्यहीमा हस्ताक्षर गरेर खुरुखुर हिड्ने भन्दापनि आफ्नो योजना बनाएर त्यसको  कार्यन्यन गर्नको लागि २४ धण्टा खट्ने मेरो सोच बन्यो ।’ उनले भने ।’आफु खटेर निस्वार्थ भावनाले कामगरेपछि अरुलाई पनि सहयोग नगरी सुखै हँुदैन र शिक्षक कर्मचारीहरुलाई पनि निर्देशन दिन सक्ने नैतिक साहस आउछ भन्ने बुझेर मैले त्यसै अनुसार काम अगाडी बढाए । ‘ त्यसले उनलाई निरन्तर सफलता दिलायो पनि ।



विद्यालयमा खानेपानी, शौचालय, विद्यार्थीका लागि खेलमैदान केहि थिएन् ।  बिद्यार्थी एवं शिक्षक समेतलाई शौचालय थिएन् । शिक्षकहरु घरखोज्दै शौचालय जान्थे ।  बिद्यार्थीले कुलोमा आएको पानी पिउनपर्ने बाध्यता थियो । विद्यालय भवन राम्रो थिएन् । विद्यालय खोला नजिकै थियो । तर खोलाबाट अरुले लगेर गिटीवालुवा बेच्थे ।  विद्यालय बनाउन भन्दै उनले त्यहिबाट  गीटी बालुवाको व्यवस्था गरे । 


एकजना उद्योगी साथीबाट  ईटा पनि सहयोग मागे । छड सिमेन्टको लागि पनि चन्दा संकलन गरेर ८० हजार जम्मा पार्न उनी सफल भए ।  झ्याल ढोकाका लागि काठ भने आफ्नै काठमिलबाट ल्याए । यसरी उनले विद्यालय भवन निर्माण गर्न सुरु गरे ।  उनी भन्छन् । आँट भए दैवले पुर्याउने रहेछन् । यसै गर्दै उनले विद्यालय निर्माणलाई निरन्तरता दिँदै गए ।

उनले विद्यालय भवन त बनाए तर त्यसमा बस्ने विद्यार्थी थिएनन् । उनलाई विद्यालयका लागि   बुटवलको १३ नहरपुरबाट विद्यार्थीहरुलाई ल्याउनु थियो । पारीका विद्यार्थीहरुलाई तिनाउ खोला तर्नको समस्या हुने भएपछि उनकै पहलमा १ करोड  लागतमा ६४ सालमा तिनाउ खोलामा  झलुङ्गे पुन निमार्ण भयो । पुल निमार्णले मोतिपुर ,सेमलार लगायतका विभिन्न गाविसका नागरिकलाई बुटवल आवत जावत गर्न सहज भएको छ । जसले विद्यार्थीेहरुको सख्यामा पनि उल्लेख्य बृद्धि भएको उनी बताउँछन् ।  उनकै पहलमा प्रावि रहेको विद्यालय  निमावि  मावि हुदै अहिले उच्चमावि सम्म पुगेको छ ।


विद्यालयमा स्थानीय भन्दा पनि  अधिकांस बुटवलपारी रहेको सुकुम्बासीका  बच्चाबच्ची आउने र उनीहरुका लागि   पढ्नकोे लागि  आर्थिक समस्या भएको र विस्तारै पढ्न छाड्न थालेपछि उनकै पहलमा २०६२ सालबाट विद्यालयले कुनै भर्ना शुल्क समेत नलिने व्यवस्था गर्यो । यसबाट विद्यार्थी थपिए । पछि टाढाबाट पढ्न आउने र साना बालबालिकाले गरिवीका कारण खाजा पनि ल्याउन नसक्ने गर्दा उनीहरु दिनभर भोकले छटपटाएको देखेपछि उनकै पहलमा विद्यालयले उनीहरुलाई निशुल्क खाजाको व्यवस्था गर्यो । खाजाको व्यावस्था मिलाएपछि सुकम्बासीका साना छोराछोरीहरु निरन्तर विद्यालय आउनथाले ।’भवन पनि बन्यो, विद्यार्थीहरु पनि आए तर शिक्षा भने राम्रो थिएन त्यसैले पढाइलाई गुणस्तरीय बनाउन पर्छ भनेर मैले पटक पटक शिक्षकहरुलाई विज्ञबाट तालिम दिलाए ।‘ उनने भने ।  ‘भवन र विद्यार्थी मात्रै नहुने रैछ राम्रो विद्यालय बन्न शिक्षा गुणस्तर हुनुपर्ने रहेछ ।’


हालको अवस्था
पहिले त्यो अवस्थामा रहेको विद्यालय रायमाझीकै निरन्तर मिहनेत र प्रयासमा आज जिल्लाकै नमुना योग्य विद्यालय बन्न सफल भएको छ  । अहिले विद्यालयमा अत्याधुनिक विद्यालय भवन, विद्यार्थीमैत्री सुन्दर कक्षाकोठा, आकर्षक विज्ञान प्रयोगशाला, पुस्तकालय, कम्प्युटर ल्याव, हरियाली युक्त खेलमैदान, इन्टरनेट र वाईफाई लगायतको सुविधा रहेको छ ।  रायमाझीकै पहलमा विद्यालयले व्यवसायिक भवनहरु समेत बनाएको छ । जसबाट मासिक लाख बढी कमाइ हुने गरेको छ ।

उनका अनुसार यसले  विद्यालयको आर्थिक श्रोत दरिलो बनेको छ । विद्यालयमा हाल  १ कक्षादेखि नै अंग्रेजी माध्यमबाट पढाईहुँदै आएको छ । विद्यालयले  प्राविधिक शिक्षातर्फ ईन्जिनीयरिङ्गको समेत अध्ययन गराउँदै आएको छ । अन्य कक्षाहरुसँगै एसएलसी नतिजा समेत उत्कृष्ट रहँदै आएको छ । यहाँका विद्यार्थी गत बर्षको ईन्जिनीयरीङमा नेपाल प्रथम बन्न सफल भएका थिए । साना  शिशुको लागि निशुल्क खाजाको व्यवस्था, ६ देखी १० कक्षा सम्म ४ बजे पछि ६ बजे सम्म  निशुल्क अतिरीक्त कक्षा सञ्चालन, मेसीनबाट हाजीरी विद्यालयका राम्रा पक्ष हुन् । यि सवै प्रगतिका लागि विद्यालय परीवार, स्थानीय र आफ्नी श्रीमति रीता रायमाझीको साथ, सहयोग र प्रेरणा महत्वपुर्ण भएको उनी बताउँछन् ।



 चुनौति
जतिबेला विद्यालय परीशरमा हाट बजार लाग्दथ्यो त्यतिवेला त्यस ठाउँमा सुकुम्बासी बस्ती बसाउने प्रयासहरु पनि भए । उनी भन्छन् यदि मैले विद्यालयको लागि मिहिनेत नगरेको भए विद्यालय रहने नरहने पत्तो थिएन । स्कुलमा हाट बजार राख्न हुँदैन भनेर उनले पहलकदमी लिएपछि नगरपालिकाले १२ घण्टा प्रहरी लगाएर त्यो विद्यालयको हाताभित्र ल्याएको थियो । आफ्नो करौँडौको उद्योगहरु छाडेर विगत १८ वर्ष देखि एउटा सुकुम्बस्तीमा रहेको विद्यालय सुधारमा जुटेका रायमाझीलाई  हालै केही गलत मानसिकता  भएका व्यक्तिहरु अख्तियारमा  अनावश्यक आरोप लगाएर मुद्धा दिएपछि नरमाइलो लागेको बताउँछन् । उनले चित्त दुखाएर हालै राजीनामा समेत दिएका छन् विव्यसबाट । उनी भन्छन् ‘मलाई अरोप लागाउनका आधारमा मात्रै हाईन मेरो पृष्ठभूमी, काम गर्ने क्षमता, आदिबाट मेरो मूल्यांकन हुनुपर्छ ।’



आगामी योजना
'अव ११ कक्षामा विज्ञान विषयको कक्षा संचालन गर्ने , विद्यार्थीहरुका लागी आधुनिक छात्राबास निमार्ण गर्ने , विद्यार्थीहरुको चाप धेरै भएकोले कक्षाकोठा थप्ने, ईन्जिनियरङ्गसँगै थप व्यवसायिक कक्षा संचालन गर्ने ,विद्यार्थीहरुको रुची अनुसार संगितको लागि बाद्यबादनका समाग्रीहरुको व्यवस्था गर्ने , विद्यालयले लिएको उचाई अझ विस्तार गर्नको लागि शिक्षकहरुको क्षमता विस्तार गर्ने उनका योजनाहरु रहेका छन् । विव्यस बाहिरै रहेर पनि मेरो विद्यालयलाई निरन्तर सहयोग रहिरहन्छ ।' उनी भन्छन ।  


विद्यालयमा लागेर के पाए
मेरा उद्योगहरु थिए । धेरै संघसंस्थाहरुमा मैले नेतृत्वदायी भुमिका निर्वाह गरिसकेको छु तर पनि मलाई जीवनकै ठूलो सन्तुष्टी भने एउटा सुकुम्बासीका छोरा छोरीहरुले गुणस्तरीय शिक्षा प्रदान गर्ने राम्रो विद्यालय बनाउदा मिलेको छ । विद्यालयलाई नमुना बनाउँदा, यस विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु राज्यमा महत्वपूर्ण पदमा पुग्दा, उनीहरुको सफलता देख्दा खुसी लाग्छ । उनीहरुले मलाई सम्झछन् । तपाईका कारणले हामीले यस्तो शिक्षा लिन पायौँ भन्दा,  विद्यालयबारेमा जनकारी दिएपछि शिक्षा क्षेत्रमा जिम्मेवार व्यक्तिहरुले मलाई राम्रो विद्यालय बनाउन सफल भएको भन्दै प्रशंसा गर्दा केही राम्रै गरेछु भन्ने लाग्छ । किनभने  आज सामुदायिक विद्यालय बनाउँदा कदर बहादरको जस्तो बनाउनुपर्छ भन्नेहरु धेरै छन् ।


Comments: