२०७६ मंसिर २३ गते

चार कैदीबन्दीले दिए माध्यमिक शिक्षा परीक्षा

काभ्रे । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षामा जिल्लाका ८ हजार ४ सय ४६ परिक्षार्थी सहभागी भएका छन् । जसमा कर्तव्य ज्यान मुद्दामा कारागार चलान भएका सुरेश श्रेष्ठ र पेमा लामा, सवारी ज्यान मुद्दाका दिनेश श्रेष्ठ, अपहरण तथा हातहतियार मुद्दाका वीरबहादुर तामाङ कारागारमा नै परीक्षामा सहभागी छन् ।

जिल्लाका २ सय १६ विद्यालयका विद्यार्थीले ४० परीक्षा केन्द्रमा परीक्षा दिएका हुन् । जिल्ला शिक्षा कार्यलय परिक्षा शाखाका अधिकृत रामबहादुर तामाङका अनुसार, नियमिततर्फ ८ हजार ८० र एक्जाम्टेडतर्फ ३ सय ८६ विद्यार्थी सहभागी भएका छन् । पहिलो दिनको परिक्षा शान्तीपुर्ण रुपमा सञ्चालन भएको तामाङले जानकारी दिए ।

विद्याकुञ्ज अनौपचारिक विद्यालयका ७ जना बहिरा विद्यार्थी परिक्षामा सहभागी भएका छन् ।  सञ्जवनी नमुना माध्यमिक विद्यालयका दृष्टिविहीन सुनिता कार्की र प्रवेग तामाङले श्रीखण्डपुर मावि केन्द्रमा परीक्षामा सहभागी छन् । चैतन्य माध्यमिक विद्यालयमा नगिना कोख श्रेष्ठ, दुलालेश्वरमा सरिता चौलागाईं र चण्डेनी माविमा सत्यवती भट्टराई महिला केन्द्राध्यक्ष छन् । कान्तिपुरमा खबर छ ।

Comments: