२०७६ चैत्र २५ गते

रोल्पाको माडिचौरमा कृषि क्याम्पस

महेश न्यौपाने/रोल्पा


रोल्पाको माडिचौरमा कृषिमा स्नातक क्याम्पस सुरु  भएको छ । उक्त क्याम्पसको उर्जा जलश्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले सोमवार उद्घाटन गरेका हुन् ।

कृषि तथा वन  विज्ञान विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको सो क्याम्पसमा  हाल कृषि विषयमा ४ वर्षे स्नातक कार्यक्रम सुरु गरिएको छ । क्याम्पसमा ५८ जना विद्यार्थीले अध्ययन  गर्ने भएका छन् ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहेका मन्त्री पुनले विकासको मुल आधार प्राविधिक शिक्षा भएको औल्याएका  थिए । प्राविधिक तथा व्यवसायिक शिक्षाले रोजगारी सिर्जना गर्ने वताउदै कृषि  प्रधान  देशमा कृषि विषयको अध्यापन जरुरी रहेको विचार व्यक्त गरे । विगतमा  शिक्षाले ठूलो मात्रामा वेरोजगार जनशक्ति मात्रै उत्पादन  गरेको वताउदै प्राविधिक  शिक्षाले स्वरोजार वन्न सहयोग गर्ने वताए ।

रोल्पा नगरपालिका  वडा नं.  ७ माडीचौरमा रहेको उक्त  क्याम्पस हाल नगरपालिकाको भवनमा संचालनमा आउनेछ । आगामी दिनमा क्याम्पसलाई भौतिक  रुपले सम्पन्न वनाईने मन्त्री पुनले सो  अवसरमा वताएका थिए । क्याम्पसको दर्ता श्रेष्ता कायम हुने गरि केही  सशुल्क र केही निशुल्क जग्गा खरिद भईसकको छ ।

क्याम्पसका रोल्पा जिल्लाको स्थानीय कोटाको रुपमा २, प्रदेश ५ र कर्णाली प्रदेशलाई १०÷१० कोटा आरक्षण गरिएको सो  अवसरमा जानकारी गराइएको  थियो । क्याम्पसका डिन प्राध्यापक जयप्रकाश भट्टका अनुसार हाल सम्म ५४  जना विद्यार्थी भर्ना भईसकेका छन । क्याम्पसको फाल्गुन  पहिलो सातावाट   पठन पाठन सुरु हुने भएको छ । उद्घाटन कार्यक्रममा  पूर्व  सभामुख  ओनसरी घर्तीमगर, प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेल लगायतको आतिथ्यता रहेको थियो ।



Comments: