२०७६ मंसिर ६ गते

हुम्ला जिल्लाकै पुरानो विद्यालय मानसरोवर मावि ५९ औं वर्षमा

राजन रावत/हुम्ला




जिल्लाकै पुरानो विद्यालयका रुपमा रहेको  मानसरोवर नमूना माध्यामिक विद्यालय ५९ औं वर्षमा प्रवेश गरेको छ । ५९ औं वार्षिकोत्सव विद्यालयले विभिन्न साँस्कृति कार्यक्रमहरुको आयोजना गरि भव्यपूर्वक मनाएको हो ।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल बहादुर रावलको आतिथ्यमा सम्पन्न भएको वार्षिक उत्सव कार्यक्रम विद्यालयले केक काटेर मनाएको हो ।

 कक्षा छ देखि १२ सम्म अध्ययन हुने उक्त विद्यालयमा प्रथम द्धितीया तथा तृतीया हुने विद्यार्थीहरुलाई प्रमाण पत्र र स्टेशनरी प्रदान गरिएको थियो । त्यसैगरी, वार्षिक उत्सवको अवसरमा सञ्चालन भएको सदन स्तरीय खेलकुद  प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।

यस वर्षको माध्यामिक शिक्षा परीक्षा एसइईमा सबै भन्दा राम्रो ग्रेड ल्याउने र कक्षा १२ को एसएलसी परीक्षामा  बिद्यालयबाट पहिलो हुने  विद्यार्थीलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृति कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्द रावतको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दान बहादुर रावत, सिमकोट गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामा, प्रमुख जिल्ला अधिकारी बिनीता भट्टराई, वडा अध्यक्षहरु राजनीतिक दलहरु लगाएको उपस्थिति रहेको थियो । कार्यक्रममा शुभकामना दिने वक्ताहरुले विद्यालयको प्रगतिको कामना गरेका थिए ।

Comments: