२०७६ मंसिर २१ गते

मुस्ताङमा नयाँ शैक्षिकसत्र सुरु


ठिनी । मुस्ताङमा नयाँ शैक्षिकसत्र सुरु भएको छ । यहाँ जाडोका कारण हरेक वर्ष पुस र माघमा दुई महिना विद्यालय बन्द भएर फागुनदेखि नयाँ शैक्षिक शत्र सुरु हुने गर्छ । मुस्ताङको उपल्लो भागका केही विद्यालयमा भने घुम्तीसत्र र नयाँ शैक्षिकसत्र पनि चलाउने गरिएको छ ।

तल्लो मुस्ताङअन्तर्गतको घरपझोङ गाउँपालिकामा रहेका नौ विद्यालय र थासाङ गाउँपालिकामा रहेका १३ वटा विद्यालय बुधबारबाटै सुरु हुँदैछन् भने वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाअन्तर्गतका दुई विद्यालयमा घुम्ती सत्र भइरहेको छ । अन्य १३ विद्यालयमा भने बुधबारबाटै पढाइ सुरु हुँदैछ ।

त्यसैगरी लो घ्याकर गाउँपालिकामा रहेका छवटा विद्यालय घुम्तीमै छन् भने तीन वटा विद्यालयमा भने पढाइ सुरु भएको छ । लोमान्थाङ गाउँपालिकामा रहेका १० वटै विद्यालयमा घुम्ती सत्रमा पढाइ भइरहेको छ ।

हिमपात तथा चिसोले गर्दा पढाइ सञ्चालनमा केही असर पर्न सक्ने घरपझोङ गाउँपालिकाका शिक्षा शाखा अधिकृत मतिलाल चपाइले बताए ।

जाडो छल्न पोखरा, काठमाडौ, चितवन बुटवल, भारत गएका मुस्ताङवासी माघको अन्तिम साता र फागुन लागेदेखि फर्कने क्रम सुरु हुन्छ । यसपछि भने सुनसान भएको मुस्ताङमा चहलपहल बढेको देख्न सकिन्छ ।

राससको खबर अन्नपुर्णपोष्टबाट

Comments: