२०७६ भदौ २ गते

हेर्नुहोस्, माध्यमिकतहको पूर्वाञ्चल र मध्यमाञ्चल क्षेत्रको नेपाली विषयको नतिजा

ईपाटी संवाददाता


भक्तपुर । शिक्षक सेवा आयोगले शुक्रवारदेखि  अस्थायी शिक्षकको माध्यमिक तहको नतिजा प्रकाशन गर्न शुरु गरेको छ । गएको सोमवार देखि निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गर्दै आएको आयोगले गएको शुक्रवादेखि मावि तहको नतिजा प्रकाशन थालेको हो ।


आयोगले मंगलवार माध्यमिकतहको पूर्वाञ्चल र मध्यमाञ्चल विकास क्षेत्रको नेपाली विषयको नतिजा सार्वजनिक गरेको छ ।


अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा गराउन असार २९ र ३० गते परीक्षा लिइएको थियो । परीक्षामा अस्थायी दरबन्दी कायम रहेको २२ हजार ७९ पदका लागि अस्थायी शिक्षकबीच प्रतिस्पर्धा भएको थियो ।  शिक्षकका फरकफरक समूहले फरकफरक माग राख्दै आन्दोलन गरेकाले आयोगले पाँचौ पटकको प्रयासमा अस्थायी शिक्षकका लागि परीक्षा लिन सफलता पाएको थियो ।


यसबाहेक आयोगले खुला प्रतिस्पर्धाबाट १२ हजार ७ सय ३९ दरबन्दीमा शिक्षक नियुक्त गर्न असोज ११, १२ र १३ गते परीक्षा सञ्चालन गरेको थियो ।


Comments: