२०७६ असोज २८ गते

क्याम्पसमै बारम्बार चोरी

काठमाडौं । कोटेश्वर बहुमुखी क्याम्पसको छेवैमा छ, सामुदायिक प्रहरीको कार्यालय । कोटेश्वर वृत्त र तीनकुनेस्थित प्रहरी वृत्त पनि क्याम्पस हाताबाट उति धेरै टाढा छैन । तर यही क्याम्पसमा पछिल्ला दुई महिनामा दुईपटक चोरीको घटना भइसक्यो ।

गत मंसिर ७ मा क्याम्पसको लेखा शाखाको ताल्चा फोडेर ८१ हजार रुपियाँ चोरी भएको थियो । उक्त चोरीको घटनाबारे क्याम्पस प्रशासनले तीनकुने प्रहरी वृत्तमा उजुरी समेत गरेको थियो ।


चोरीको यो प्रकरणबारे केही तथ्य नखुल्दै यस्तै प्रकृतीको अर्को चोरीको घटना भयो २१ माघमा । पहिलेजस्तै यसपाला पनि क्याम्पसको लेखा शाखाको पाँच वटा दराज फोडिए र साढे सात हजार रुपैयाँ चोरी भयो । चोरले लेखा शाखाका महत्वपुर्ण कागजातहरु कोठभरी छरपस्ट पारेर छाडेका थिए ।

क्याम्पस प्रमुख गोविन्द बहादुर कार्कीका अनुसार पाँच वटा स्टिलका दराज फुटालिएको छ । क्याम्पस प्रमुख कार्कीले कलेजबारे जानेबुझेकै मान्छे चोरीमा संग्लन भएको हुनसक्ने आशंका व्यक्त गरे । उनले चोरीको अघिल्लो घटनाबारे प्रहरीले गम्भिरतापुर्वक अनुसन्धन नर्गदा दोस्रो घटना भएको बताउँदै भने, ‘दुवै घटनामा एउटै व्यक्ती वा समुहको संग्लनता भएको हुनसक्छ ।’

कोटेश्वर वृत्तका ईन्सपेक्टर पुरुषोत्तम पाण्डेका अनुसार चोरीको अघिल्लो घटनाबारे प्रहरी कुनै निष्कर्षमा पुग्न सकेको छैन् । पाण्डेको क्याम्पस बाहिर रहेको सिसिटिभीमा कैद भिडियो फुटेज ल्याएर अध्ययन थालिएपनि त्यसबाट निष्कर्षमा पुग्न नसकिएको बताए ।

उनले भने, ‘उक्त भिडियोमा मान्छेको धमिलो आकृती त देखिन्छ र तर मान्छे को हो भनेर प्रस्ट चिनिदैन ।’ पाण्डेले चोरीको पछिल्लो घटना अस्वभाविक देखिएको बताए । घटनाबारे महानगरिय अपराध महाशाखाले पनि अध्ययन थालेको छ । कान्तिपुरमा खबर छ ।

Comments: