२०७६ असोज २८ गते

तत्काल शिक्षक आयोग खोल्न अस्थायी शिक्षकको माग


काठमाडौं । अस्थायी शिक्षकहरुले तत्काल शिक्षकको विज्ञापन गर्न माग गरेका छन् । धेरै अस्थायी शिक्षकहरु ६० वर्षे उमेरहदका कारण बिदा भइरहेका भन्दै उनीहरुले तत्काल आयोग खोल्न माग गरेका हुन् ।


हिमाली उमावि रत्ने स्याङ्जाका अस्याथी शिक्षक गंगा प्रसाद पंज्ञानीले हरेक दिन ६० वर्ष पुगेर उमेरहदका कारण अवकाश र ४७ वर्ष पुगेर आयोग उत्तीर्ण भएपनि पेन्सन पाउनबाट बञ्चित भइरहेका भन्दै तत्कल शिक्षक आयोग खोल्न माग गरे ।


बालविकास मावि आलापोट काठमाडौंका शिक्षक जयनारयण चौधरी पनि सरकारले तत्काल शिक्षक आयोग खोल्नुपर्ने बताउँछन् ।  अयोग खोल्न जति ढिलाइ हुन्छ अस्थायी शिक्षकहरुलाई त्यति नै धेरै समस्या पर्ने भन्दै ओलीले सुविधा र परीक्षाको प्रकृया तत्काल सुरु गर्न सरकारसँग माग गरे ।


शिक्षक चौधरीले ऐनमा व्यवस्था भइसकेपनि शिक्षा मन्त्रालय र शिक्षा विभागले शिक्षकको तथ्यांक नपठाउँदा शिक्षक आयोग खोल्न ढिलाइ भइरहेको भन्दै तत्काल आयोग खोलेर परीक्षापछिको सुविधालाई सुनिश्चित गर्नुपर्ने बताए ।


शारदा मावि भानु न.पा. तनहुका मावि अस्थायी शिक्षक ऋषिराम सिग्देल शिक्षा ऐनमा अस्थायी शिक्षकहरुलाई कि परीक्षा कि सुविधाको व्यवस्था मात्रै गरिएकाले स्वत्तः स्थायी ऐन संशोधन नभएसम्म असम्भव रहेको र अहिले तत्काल ऐन संशोधनको संभावना समेत नरहेकाले आयोग खोलेर अस्थायी शिक्षकहरुको न्यायपुर्ण व्यवस्थापन हुनुपर्ने बताउँछन् । चाँडोभन्दा चाँडो शिक्षक आयोग खोलेर अस्थायी शिक्षक व्यवस्थापन हुनुपर्दछ । सिग्देलले भने । पहिले लामो समय आयोग नखुल्दा अस्थायी शिक्षक समस्या झनै भयावह भयो । फेरी त्यही श्रृंखला पुनरावृत गर्न हुँदैन ।


शारदा उमावि हसौरा, कावासोती नवलपरासीका अस्थायी शिक्षक बिनोद कुमार यादव पनि चाडो भन्दा चाडो शिक्षक अयोग खोलेर अस्थायी शिक्षक समाधान हुनुपर्ने बताउँछन् । सधैं अनिर्णयको बन्दी बनाउन हुँदैन तथ्यांक संकलन भइसकेपछि अयोग खोल्न किन ढिलाई भइरहेको छ ? यादवले प्रश्न गरे । तत्काल आयोग खोलेर अस्थायी शिक्षकहरुलाई सुविधा र परीक्षाको मौका दिइनुपर्ने साथै परीक्षामा पुरानै पाठ्यक्रमबाट प्रश्न सोधिनुपर्ने उनले माग गरे ।  
परीक्षाबाट डराउने आन्दोलनमा
अब स्वत्तः स्थायी हुनै नसक्ने भन्दै त्यस्तो माग राखेर अन्दोलन गर्नु व्यर्थ भएको पंज्ञानीले बताए । अब जति सक्दो चाँडो आयोग खुल्नुपर्दछ । हामी अयोग लडेर स्थायी हुन चाहन्छौं । सुविधा लिएर बिदा हुनेलाई पनि सहज हुन्छ । उनले भने ।


ऐनले दिएको सुविधा र अधिकार  लिँदै थप अधिकरका लागि दवाव मुलक कार्यक्रम गर्नुपर्नेमा उनको जोड थियो । आफु २०५६ साल देखि नै अस्थायी शिक्षक अन्दोलनमा क्रियाशील रहेको भन्दै पंज्ञानीले आन्दोलनका करण  ६० वर्ष पुगेर अवकास हुने र ४७ वर्ष पुगेर पेन्सन पाउनबाट बञ्चित हुने शिक्षकको क्षतिपूर्ती कसले दिन्छ भनेर प्रश्न गरे ।


 काठमाडौंका अस्थायी शिक्षक चौधरीले सधैँ आन्दोलन गरेर मात्रै बस्दा आन्दोलनबाट प्राप्त कानुनी अधिकार समेत गुम्ने खतरा रहेको भन्दै अब भएका अधिकार प्राप्ती र थप अधिकारका लागि दवावमुलक आन्दोलन अस्थयी शिक्षकहरुको मुख्य ऐजेण्डा रहेको स्पष्ट पारे ।


नवलपरासीका अस्थायी शिक्षक यादवले सधैं आन्दोलन गरेर मात्रै नहुने प्राप्त अधिकारको रक्षा गर्दै थप उपलव्धिकालागि मात्रै दवाव मुलक कार्यक्रम गरिनुपर्नेमा जोड दिए । तत्काल परीक्षा नै अहिलेको समाधान हो । उनले भने ।

Comments: