२०७६ असोज २८ गते

उपत्यकाव्यापी कविता प्रतियोगितामा भक्तपुर निष्ट कलेज पहिलो

ईपाटी संवाददाता


भक्तपुर । भक्तपुरको एभरेष्ट इगलिश स्कुलमा भएको उपत्यकाव्यापी अन्तरविद्यालय आमन्त्रण छन्दोबद्ध कविता वाचन प्रतियोगितामा भक्तपुर निष्ट कलेजकी आदिती तिमल्सिना प्रथम भएकी छिन् ।


 स्कुलको आयोेजनामा भएको प्रतियोगितामा मेरिगोल्ड इगलिश स्कुल भक्तपुरकी आहाना उप्रेती द्धितीय भइन् ।


 प्रतियोगितामा तीनजना संयुक्त रुपमा तृतीय भए । सिद्धार्थ विद्यापीठ भक्तपुरका शीर्षक भटराई, विद्या संस्कार स्कुल काठमाडौकी स्प्रीया पराजुली र सैनिक आवासीय मावि सल्लाघारी भक्तपुरकी सुमिना कार्की संयुक्त रुपमा तृतीय भए ।


 उत्कृष्ट विद्यालय तथा विद्यार्थीलाई प्रमुख अतिथि वरिष्ठ साहित्यकार रामबाबु सुवेदीले शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरे । प्रतियोगिताको निर्णायकका रुपमा साहित्यकारहरु जीवनाथ अधिकारी, अनन्तप्रसाद वाग्ले र एलिना दुलाल रहेका थिए ।


पुरस्कार वितरण कार्यक्रममा स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, स्कुल व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यलगायतले बोलेका थिए ।

Comments: