काठमाडौं । अधिवक्ता कोषराज काफ्लेले अस्थायी शिक्षकको जागिर गए लोकतन्त्र नै धरापमा पर्ने बताएका छन् । लामो समय देखि अस्थायी शिक्षकका पक्षमा कानूनी लडाइ लड्दै आएका अधिवक्ता काफ्लेले अस्थायी शिक्षकको जागिर गए मुलुकबाट लोकतन्त्र पनि सँगै जाने दावी गरेका हुन् ।

पुनरुत्थानवादी शक्तिसमूह निकट अधिवक्ता काफ्लेले अस्थायी शिक्षकले सर्वाेच्च अदालतमा दायर गरी संवैधानिक इजलाशमा विचाराधीन १ दर्जन मुद्दामा यही माघको १६ गते अन्तिम बहस हुने भन्दै सोही इजलाशले अस्थायी शिक्षकलाई विस्थापित हुनबाट रोक्ने जिकिर गरेका हुन् ।

देशभरबाट आएका अस्थायी शिक्षकहरुले काठमाडौंमा आयोजना गरेको विरोध र्यालीलाई सम्बोधन गर्दै काफ्लेले विभेदकारी शिक्षा ऐनको आठाँै तथा नवौँ संशोधन बदर गर्न, अस्थायी शिक्षकलाई स्थायी गर्ने संवैधानिक परीक्षणमा रहेको  कानुन अन्तर्गतको विज्ञापन तथा परीक्षा बदर गर्न, लाइसेन्स तथा शिक्षा विषयसँग जोडिएका कानुन बदर गर्न अस्थायी शिक्षकले सर्वाेच्च अदालतमा दायर गरी कारणदेखाउ आदेश समेत जारी भई मुद्दाहरु विचाराधीन हुँदाहुँदै शिक्षक सेवा आयोगले संवैधानिक विवादित  कानुन अन्तर्गत परीक्षा सञ्चालन गर्नु तथा नतिजा प्रकाशन गर्नु गलत भएको टिप्पणी गरे ।


नेपालमा लोकतन्त्र स्थापनापछि ऐन तथा अध्यादेश प्रमाणीकरण गर्ने पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ , पूर्व राष्ट्रपति रामवरण यादव तथा राष्ट्रपति विद्यादेव भण्डारीले अस्थायी शिक्षकमाथि घात गरेको काफ्लेको आरोप थियो ।

सर्वाेच्च अदालतको आदेश विपरित ल्याइएको शिक्षा ऐनको आठाँै र नवौं संशोधन विधयक पास नगर्न अस्थायी शिक्षकले अनुरोध गर्दागर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पास गरेर समग्र अस्थायी शिक्षकमाथि अन्याय गरेको काफ्लेले जिकिर गरे ।

५० प्रतिशत अस्थायी शिक्षकलाई स्थायी गर्ने तथा बाँकी ५० प्रतिशत अस्थायी शिक्षकले रोजगारी गुमाउनुपर्ने सहमति सम्झौतामा हस्ताक्षर गर्ने शिक्षकका संघ, संगठन, युनियन वास्तवमा नै शिक्षकको वर्गीय दुस्मन भएकोले शिक्षकका संघ, संगठन, युनियन तथा महासंघको पछि लागेर अस्थायी शिक्षकको भलो नहुने काफ्लेले स्पष्ट पारे । जबकी शिक्षा मन्त्रालयले अदालतमा पेश गरेको लिखित जवाफमा शिक्षकका संग संगठनले नै अस्थायी शिक्षकलाई स्थायी हुन नदिएको व्यहोरा उल्लेख गरेको छ ।

भद्रकालीमा भएको अस्थायी शिक्षकको भेलामा पुनरुत्थानवादी शक्ति नेपालको प्रेश विज्ञप्ती वाचन गरिएको थियो । पुनरुत्थानवादी शक्ति नेपालले सार्वजनिक गरेको विज्ञप्तीमा अहिलेको कथित गणतान्त्रिक/लोकतान्त्रिक सरकारले परीक्षामा असफल भएको भन्दै कार्यरत अस्थायी शिक्षकको जागिर खोसेमा सरकार तथा सत्ता नै अपदस्त गर्ने चेतावनी समेत उल्लेख गरेको छ । आजभन्दा अगाडि भएका परीक्षामा असफल भनिएका अस्थायी शिक्षकको जागिर आजसम्म कायम हुने तर कथित गणतान्त्रिक सरकारले अस्थायी शिक्षकको रोजगारी कुनै हालतमा खोस्ने नमिल्ने साथै नसक्ने दावी प्रेश विज्ञप्तीमा गरिएको छ ।

२०७५ माघ १६ गते ०९:५६मा प्रकाशित

प्रतिकृया दिनुहोस्