२०७६ कार्त्तिक २६ गते

त्रिवि सेवा आयोगले तोक्यो उपप्राध्यापक पदको परीक्षा मिति

ईपाटी संवाददाता

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले २०७६ जेठमा आव्हान गरेको उपप्राध्यापक पदको लिखित परीक्षाको मिति सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको सूचना अनुसार २०७६ कार्तिक २८ देखि माघ २७ सम्म विभिन्न विषयको उपप्राध्यापक पदका लागि लिखित परीक्षा संचालन हुने कार्यक्रम छ ।

आयोगले यस पटकदेखि दुई सय पूर्णांकको परीक्षा लिने भएको छ । प्रथम र द्वितीय प्रश्नपत्र गरेर दुई पत्रमा लिइने परीक्षा अलग अलग दिन लिइने भएको छ ।यस अघिको सूचना अनुसार भदौमा लिइने भनिएको उक्त परीक्षा आयोगले सूचना प्रकाशित गरेर स्थगित गरेको थियो ।

Comments: