२०७६ भदौ ३१ गते

अब साधारण विद्यालय शिक्षालाई सरकारले धेरै ध्यान दिँदैन– उपप्रधानमन्त्री पोखरेल

ईपाटी संवाददाता


काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरलेलले साधरण शिक्षा भन्दा प्राविधिक शिक्षाको विकासमा सरकारको ध्यान केन्द्रित रहेको बताएका छन् ।


सरकारको  मुख्य ध्यान प्राविधि तथा व्यवसायिक शिक्षा विकासमा भइरहेको भन्दै पोखरेलले साधरण शिक्षा कम गर्दै प्राविधिक शिक्षालाई बढाउदै लगिने स्पष्ट पारे ।


४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पोखरेलले उत्पादन र श्रम रोजगारसित जोडिएको शिक्षा सरकारको मुख्य प्राथमिकता रहेको बताए ।


सरकार सार्वजनिक शिक्षाको सवलीकरणमा जुटिरहेको अवस्थामा अब शिक्षालाई रोजगारी र स्वरोजगारीसँग जोड्दै जाने उनको भनाइ थियो ।

सार्वजनिक शिक्षामा रहेका समस्या, शिक्षक र कर्मचारी व्यवस्थापनमा रहेका समस्या समाधान गर्ने गरी शिक्षाका ऐन, नीति र कार्यक्रम चाँडै आउने भन्दै मन्त्री पोखरेलले संघ, प्रदेश र स्थानीय सरकारको सहकार्यमा शिक्षाको सवलीकरण गरिने स्पष्ट पारे ।


अब बाध्यतावश विदेशीने कहरलाई अन्त्य गर्दै विदेशमा सिकेका ज्ञान स्वदेशमै लागुगर्ने विषयमा सरकार लागीरहेको उनको भनाइ थियो ।


प्राविधिक शिक्षाको विकास गरेर उच्च शैक्षिक नेतृत्वसीप भएका जनशक्ति उत्पादन गर्ने विषय सरकारको प्राथमिकतामा रहेको मन्त्री पोखरेलले बताए । दीर्घकालीन १५ औं आवधिक योजनामा शिक्षाका सवलीकरणका विषय समेटिएका उनको भनाइ थियो ।



Comments: