२०७६ मंसिर ६ गते

कसरी हेर्ने शिक्षक लाइसेन्स परीक्षाको प्रवेश पत्र ?

ईपाटी संवाददाता


भक्तपुर । शिक्षक सेवा आयोगले  शिक्षक लाइसेन्स परीक्षाको प्रवेशपत्र आयोगको वेवसाइटमा सार्वजनिक गरेको छ ।


आयोगको वेवसाइटको अनलाइन एप्लीकेशनमा गई प्रवेशपत्र लेखिएको बटनमा क्लिक गरी आफ्नो भौचरमा रहेको एप्लिकेशन आईडी र मोबाइल नम्बर इन्ट्रि गरी प्रवेशपत्र पाउन  सकिने आयोगले जनाएको छ ।


कसरी हेर्ने प्रवेश पत्र ?


१. आयोगको वेवसाइट  http://tsc.gov.np खोली दायाँ छेउमा चम्किरहेको  अनलाइन एप्लीकेशन लेखिएको ठाउँमा (क्लिक)दबाउने

 


२. त्यसपछि एउटा नयाँ पेज खुल्छ । त्यहाँ तल  आइडी र पासवर्ड राख्ने ठाउँ छ । त्यहाँ एप्लिकेशन आईडी र मोबाइल नम्बर इन्ट्रि गरी प्रवेशपत्र लेखेको ठाउँमा (क्लिक) गर्ने ।


३. अनि प्रवेशपत्र देख्न सकिन्छ ।

प्रवेशपत्र  नदेखिएमा के गर्ने


१. यदि प्रवेश पत्र नदेखिएमा आयोगमा जानकारी गराउनुपर्नेछ । किनभने बैंक राजश्व रकम  नबुझाउने उम्मेदवारको प्रवेशपत्र हेर्न नमिल्ने आयोगले स्पष्ट पारेको छ ।

२. फारम भर्दा कतिपयको विवरण खाली देखिएकाले आफ्नो पुरा विवरण भरेपछि मात्रै प्रवेशपत्र हेर्न मिल्ने  आयोगले स्पष्ट पारेको छ ।


साथै, आयोगमा निवेदन र भौचर पठाउने उम्मेदवारहरुको  युजरनेम यथावत राखिएको र पासवर्ड परिवर्तन गरी फारम भर्दा उल्लेख गरिएको मोवाइल नम्बर कायम गरिएको समेत आयोगले जनाएको छ ।


परीक्षा फारम भरेकाहरुले वेवसाइटमा आफ्नो प्रवेशपत्र हेर्न पाउने र यदि प्रवेशपत्रमा त्रुटि भए त्यसको जानकारी गराएमा त्यो सच्याउने र इन्टरनेटबाट प्रिन्ट गर्न पाउने आयोगले जनाएको छ ।


आयोगले पहिलो पटक इन्टरनेटबाटै परीक्षा फारम भर्ने व्यवस्था गरेको थियो । आयोगले उत्तरपुस्तिका परिक्षण पनि मेसिनबाट र्ने जनाएको छ ।


Comments: