२०७६ भदौ ३० गते

लालटिनदेखि प्रोजेक्टरसम्म



भरतपुुर । उज्यालोबिनाको सृष्टि कल्पना गर्न सकिँदैन । शिक्षाको उज्यालोबिनाको मानव संसार पनि कल्पनाभन्दा बाहिरको विषय हो । मानिसलाई साँचो अर्थमा मानिस बनाउने काम शिक्षाको उज्यालोले नै गर्छ। शिक्षाको उज्यालो बाँड्ने महत्वपूर्ण काममा आफूलाई साढे पाँच दशकदेखि समर्पित गर्दै आइरहेको चितवनको अब्बल सामुुदायिक विद्यालय नारायणी नमुुना माध्यमिक विद्यालयको उज्यालोसँग अनौठो संयोग छ।

५४ वर्षअघि स्थापित नारायणीले स्थापनाकालमा रात्रिकालीन कक्षा लालटिनको उज्यालोमा सञ्चालन गर्दथ्यो । अहिले यस विद्यालयले आफ्ना विद्यार्थीलाई प्रोजेक्टरको माध्यमबाट शिक्षाको उज्यालो बाँडिरहेको छ ।चितवनको भरतपुुर महानगरपालिका वडा नम्बर १० मा रहेको नारायणी नमुुना माविमा नर्सरीदेखि १२ कक्षासम्मको पढाइ हुुन्छ । ५, ६ र ७ कक्षामा मात्रै नेपाली भाषामा र अन्य सबै कक्षामा अंग्रेजी भाषामा पढाइ हुुने यस विद्यालयमा एक हजार ६ सय ४६ जना विद्यार्थी अध्ययनरत छन् ।

गत वर्ष दुुई सय ७१ जनाले प्रवेशिका (एसएलसी) परीक्षा दिएको यस विद्यालयबाट यस वर्ष दुुई सय ५२ जना माध्यमिक शिक्षा परीक्षा ९एसईई० मा सहभागी छन् । आगामी तीन वर्षमा सबै कक्षामा अंग्रेजी भाषाबाट मात्रै पढाइ हुुने तयारीमा विद्यालय लागेको छ । चार वर्षअघि आठ कक्षाबाट अंग्रेजी भाषमा पढाउन सुुरु गरी बर्सेनि एउटा कक्षा थप्दै अहिले १२ कक्षासम्म पुर्‍याइएको प्रधानाध्यापक दवाडीले जानकारी दिए । विद्यालयमा २०५० सालबाट नर्सरीमा पढाइ सुुरु गरिएको र २०५८ सालबाट नर्सरीदेखि नै अंग्रेजी भाषामा पढाउन थालिएको उनी बताउँछन् । उनका अनुुसार, नर्सरीका बालबालिकालाई मन्टेश्वरी पद्धतिबाट पढाइन्छ ।

स्थापनाकालमा अरूको जग्गामा झुुपडीबाट सुुरु भएकोे विद्यालयसँग अहिले ६ बिघा चार कट्ठा १४ धुुर जग्गा छ । यसमध्ये एक बिघा जग्गा विद्यालयले २० लाख रुपैयाँ लिएर सप्तगण्डकी बहुुमुुखी क्याम्पसलाई भोगचलन गर्न दिएको छ । उक्त रकमलाई मुुद्दती खातामा राखेर त्यसको ब्याजबाट र अभिभावकसँग मासिक रूपमा लिइने सहयोग रकमबाट खर्च व्यवस्थापन हुुँदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुुर थापा बताउँछन् ।

तीन बिघामा रहेको विद्यालय हाताभित्र तीनवटा पक्की भवन, नेत्रहीन विद्यार्थी पढ्ने कोठा, छात्रावास तथा बौद्धिक अपांगता भएका विद्यार्थीले पढ्ने तीनवटा अलगअलग टिनको छाना भएका कच्ची भवन छन् । निर्माण भइरहेको तीनतल्ले पक्की भवनमा १८ वटा कोठा छन् । ती कोठामध्ये भुुइँतलामा रहेका ६ वटा कोठामा कक्षा ११, पहिलो तलामा १२ कक्षा र दोस्रो तलामा प्रयोगशाला ९ल्याब० रहने विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद दवाडी बताउँछन् । उनका अनुुसार, विद्यालयमा कुल ८२ जना शिक्षक कार्यरत छन् । यसमध्ये ३९ जना दरबन्दीमा र ४३ जना निजी स्रोतमा कार्यरत छन् ।

यस्तो छ इतिहास

स्थापनाकालमा नाइट स्कुुल (रात्रिकालीन विद्यालय), त्यसपछि प्रावि, निमावि, मावि, उच्चमावि हुुँदै २०६९ जेठ ६ गते स्वर्ण महोत्सव मनाएकै दिनदेखि यस विद्यालयलाई नारायणी नमुुना मावि बनाइयो । एक सय ५० सूचांक रहेको सरकारी मापदण्ड पूरा गरेकोले देशभित्र पहिलोपटक २०७० सालमा सरकारले यस विद्यालयलाई नमुुना मावि घोषणा गरेको व्यवस्थापन समितिका अध्यक्ष थापा बताउँछन् ।

यस विद्यालयमा विद्यार्थी, शिक्षक, प्रधानाध्यापक र २०६४ सालयता व्यवस्थापन समितिको अध्यक्ष भएर विद्यालयको श्रीवृद्धिका लागि खटिँदै आएका थापा भन्छन्, अहिले भरतपुुर उच्चमावि रहेको प्रांगणमा छाप्रो बनाई २०२० साल जेठ ६ गतेदेखि साँझ ६ बजेदेखि राति १० बजेसम्म पढाइ सुुरु गरियो । त्यतिबेला मलगायत पाँच जना जति विद्यार्थी थियौं । बिजुुलीबत्ती नभएकोले लालटिनको उज्यालोमा पढ्ने, पढाउने काम हुुन्थ्यो । हामी जागिरे विद्यार्थी दिनभर काम गथ्र्यौं, बेलुुका लालटिनको उज्यालोमा पढ्थ्यौँ ।

यस विद्यालयबाट पहिलोपटक २०२४ सालमा पाँचजना छात्रले एसएलसी परीक्षा दिए । एकजना प्रथम, दुुईजना द्वितीय र दुुईजना तृतीय श्रेणीमा उत्तीर्ण भए । प्रथम श्रेणीमा उत्तीर्ण भएका छात्र दीपक ढकाल जिल्ला प्रथम भएपछि खुुसीयाली मनाइएको अध्यक्ष थापा बताउँछन् । २०२७ सालमा सातकोठे विद्यालय भवन निर्माण गरेर अहिलेको ठाउँमा सरेको विद्यालयमा २०३१ सालमा निमावि कक्षा थप गरी दिउँसोमा निमावि र रातमा मावि सञ्चालन हुुँदै आयो । २०३७ सालपछि भने निमावि र माविका सबै कक्षा दिउँसो सञ्चालन गर्न थालिएको थापा बताउँछन् । अहिले कक्षा ११ र १२ को पढाइ बिहान र नर्सरीदेखि कक्षा १० सम्मको पढाइ दिउँसो सञ्चालन हुुन्छ ।

मूल्यांकनमा अब्बल

२०४३ सालको शिक्षा दिवसको अवसरमा क्षेत्रीय पुुरस्कारस्वरूप ५० हजार रुपैयाँ प्राप्त गर्न सफल यस विद्यालयले सरकारी मूल्यांकनमा आफूलाई अब्बल साबित गर्दै आएको छ । गत वर्ष सरकारी मूल्यांकनमा मध्यमाञ्चल प्रथम र राष्ट्रिय द्वितीय भई नारायणीले एक लाख रुपैयाँ पुुरस्कार पायो । यसअघि २०६९ सालमा राष्ट्रिय पाँचौं भई पाँच लाख, २०७० सालमा राष्ट्रिय छैटौं र २०७१ सालमा राष्ट्रिय एक्काइसौं भई एक, एक लाख रूपैयाँ पुुरस्कार पाउन सफल भएको प्रधानाध्यापक दवाडीले जानकारी दिए ।

अंग्रेजी भाषामा शिक्षण सुुरु गरेपछि संस्थागत विद्यालयमा पढेर आएका विद्यार्थीको समेत आकर्षणको केन्द्र बन्न सफल भएको छ यो विद्यालय । विद्यालयमा नजिकैका मात्र नभई १० किलोमिटर टाढाबाट पनि साइकलमा विद्यार्थी पढ्न आउँछन् । यस वर्ष बाहिरी विद्यालयबाट आठ सय नौ जना विद्यार्थीले भर्ना हुुनका लागि प्रवेश परीक्षा दिएकोमा चार सय १८ जना उत्तीर्ण भएका थिए । ‘बाहिरी विद्यालयबाट भर्ना हुुन आउने विद्यार्थीमध्ये ७० प्रतिशतभन्दा बढी संस्थागत विद्यालयबाट आउँछन्’ प्रधानाध्यापक दवाडी भन्छन्, ‘उनीहरू धेरैजसो कक्षा ८ देखि माथिको पढाइका लागि यहाँ भर्ना हुुन आएका छन् ।’

ब्रेललिपिमा पढाइ

नारायणी नमुुना माविले नेत्रहीन विद्यार्थीको लागि ब्रेललिपिमा पढाइ सञ्चालन गर्दै आएको छ । विद्यालयबाट २०५६ सालदेखि हालसम्म २५ जना नेत्रहीनले एसएलसी उत्तीर्ण गरिसकेका छन् । यस वर्ष तीनजना नेत्रहीन विद्यार्थी एसईई परीक्षामा सहभागी भएको प्रधानअध्यापक दवाडी बताउँछन् । निःशुुल्क आवास र खानाको सुुविधासहित ३० जना नेत्रहीन विद्यार्थीलाई छुुट्टै ब्लकमा राखेर पढाउने गरिएको उनले जानकारी दिए । विद्यालयले २०५४ सालदेखि बौद्धिक अपांगता भएका विद्यार्थीलाई छात्रवृत्ति र खाजा सुुविधासहित विशेष शिक्षा दिँदै आएको छ । अहिले यस्तो सुुविधा लिएर पढ्ने बौद्धिक अपांगता भएका विद्यार्थी २९ जना छन् ।
अन्नपुर्णपोष्ट दैनिकमा खबर छ ।

Comments: