२०७६ मंसिर २३ गते

मापदण्डविपरीत भर्ना शुल्क

ललितपुर । जिल्लाका नाम चलेका संस्थागत (निजी) विद्यालयहरूले भर्ना शुल्क मापदण्डभन्दा बढी लिने गरेको पाइएको छ । धापाखेलस्थित जेम्स, पाटनढोकाको रातो बंगला र हात्तीवनको लिट्टिल एन्जल्सले नयाँ शैक्षिक सत्रका लागि भर्ना फाराम एवं परीक्षा दस्तुरबापत मापदण्डभन्दा ४१ प्रतिशत बढी शुल्क लिएका छन् ।

संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९ को परिच्छेद ५ अनुसार भर्ना फाराम एवं परीक्षा दस्तुर क्रमशस् २५ र सय रुपैयाँभन्दा बढी लिन पाइँदैन । तर, जेम्सले प्रतिविद्यार्थी ३७५, रातो बंगला र लिट्टिल एन्जल्सले ३र३ सय रुपैयाँ लिइरहेका छन् । जेम्सले छुट्टै फाराम एवं परीक्षा दस्तुर भनेर थप १२५ रुपैयाँसमेत लिँदै आएको छ ।

अभिभावक संघ नेपालका पूर्वअध्यक्ष सुप्रभात भण्डारीले मापदण्डविपरीत रकम लिनु अभिभावकमाथिको ठगी भएको बताए । ‘सरकारले मापदण्डविपरीत कार्य गरिरहेका स्कुललाई कारबाहीको दायरामा ल्याउन नसकेकाले नै अभिभावक ठगिएका हुन्,’ उनले भने । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन ९एनप्याब्सन० का केन्द्रीय अध्यक्ष कर्णबहादुर शाहीले अभिभावकसँग उठाइएको शुल्कको विद्यालयले खर्च देखाउनुपर्ने बताए ।

निर्देशिकामा जिशिकाले तोकेभन्दा बढी शुल्क लिने विद्यालयलाई ऐनअनुसार जरिवाना गर्न सक्ने व्यवस्था छ । तर, यस्तो हुन सकेको छैन । जिशिकाका सूचना अधिकारी महेन्द्र पराजुलीले भर्ना शुल्कको मापदण्ड कार्यान्वयन गराउनुपर्ने दायित्व जिशिअको भएको बताए । यस विषयमा जिशिअ दिलनाथ पुरीले केही प्रतिक्रिया दिन चाहेनन् ।

प्रवेशकै क्रममा फेल
नयाँ शैक्षिक सत्रमा स्कुल प्रवेशका लागि कक्षा १ मा भर्ना गर्न जेम्स, लिट्टिल एन्जल्स, रातो बंगलालगायत नाम चलेका स्कुलले लिएको परीक्षामा २ हजार बढी बालबालिका फेल भएका छन् । भर्नाका लागि १२ सय विद्यार्थीको आवेदनमध्ये जेम्सले १४४, लिट्टिल एन्जल्सले ७५ र रातो बंगलाले ५८ विद्यार्थी मात्र छनोट (उत्तीर्ण) गरेको छ ।

फेल हुने विद्यार्थीका अभिभावकमा अब आफ्ना छोराछोरीलाई कुन विद्यालयमा भर्ना गर्ने भन्ने चिन्ता बढेको छ । अभिभावक संघ नेपालका पूर्वअध्यक्ष भण्डारीले विद्यालय जीवनको प्रवेशकालमै फेल हुँदा बालबालिकामा मनोवैज्ञानिक असरसँगै अभिभावकमा समेत निराशा छाउने बताए । उनले गोलाप्रथा अथवा विद्यालय निर्देशिकाबमोजिम विद्यालय वरिपरिबाट आतेजाते १२ किमिभित्रका विद्यार्थीलाई भर्नामा प्राथमिकता दिएर छनोट गर्न सकिने बताए । कान्तिपुर दैनिकमा खबर छ ।

Comments: