काठमाडौं । शिक्षा पत्रकार समूहको अध्यक्षमा तुला अधिकारी निर्वाचित भएका छन् । समूहको दशौं अधिवेशनमा अध्यक्षका अर्का उम्मेदवार शेषकान्त पण्डितलाई पराजित गर्दै अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्ष पदमा मात्रै भएको निर्वाचनमा अधिकारीले २२ र पण्डितले ६ मत प्राप्त गरेका थिए । अधिकारी कृष्णसार एफएम नेपालगञ्जका प्रवन्ध निर्देशक हुन् ।

समूहको उपाध्यक्षमा कृष्ण मल्ल, महासचिवमा जनक नेपाल, सचिवमा श्याम तण्डुकार र कोषाध्यक्षमा ममता थापा निर्वाचित भएका छन् । उपत्यका बाहिर रहि शिक्षा पत्रकारिता गर्दै आएका मल्ल प्रदेश नं. ५ बुटवल टुडे दैनिकका सम्पादक समेत हुन् ।

त्यसैगरी नेपाल, नेपाल साप्ताहिकतण्डुकार शिक्षालय मासिक र थापा आर्थिक अभियान दैनिकसँग आबद्द छन् ।

अधिवेशनले सदस्यहरुमा एजुकेशनपाटी डटकमका सम्पादक रोशन क्षेत्री गाउँले, कारोवार दैनिकमा कार्यरत गोपाल संग्रौला र उज्यालो रेडियो नेटवर्कमा कार्यरत विष्णु विवेक विश्वकर्मा निर्वाचित गरेको छ ।

यस्तै, इमेज टेलिभिजनमा कार्यरत प्रज्ञा तिमल्सिना, रेडियो नेपालमा कार्यरत यशोदा अधिकारी, वाचडग मिडियामा कार्यरत ओमप्रकाश घिमिरे, प्राइम टेलिभिजनका जनक पण्डित र नुवागी मासिकमा कार्यरत सविना बानिया सदस्यमा निर्वाचित भएका छन् ।

निर्वाचित भएसँगै अध्यक्ष अधिकारीले पराजित एवं अन्य सबै साथीहरुलाई मिलाएर अघि बढ्ने प्रतिबद्धता जनाए । अधिकारीले समूहले आगामी दिनमा पनि सार्वजनिक शिक्षाका मुद्दा पहिचान र स्थापित गर्ने, शिक्षाका समसामयिक सवालहरुमा अन्तक्र्रिया, बहस गर्दै सार्वजनिक शिक्षाको सुदृढीकरणमा निरन्तर क्रियाशील भइरहने स्पष्ट पारे ।

प्रतिकृया दिनुहोस्