२०७६ कार्त्तिक २ गते

कक्षा ८ को परीक्षा जिशिका आफैँले सञ्चालन गर्ने

काठमाडौँ ।  काठमाडौँ जिल्ला शिक्षा कार्यालयले अब कक्षा ८ को परीक्षा आफैँले सञ्चालन गर्ने भएको छ ।

यसअघि प्रश्नपत्र जिशिकाले उपलब्ध गराउँथ्यो भने विद्यालयले परीक्षा लिई नतिजा पनि प्रकाशित गथ्र्यो र विद्यार्थीको लब्धाङ्कपत्रमा जिशिकाले औपचारिकताका लागि छाप लगाई जारी गरिन्थ्यो ।  

कक्षा ८ को जिल्लास्तरीय परीक्षा सञ्चालनको तौरतरिका प्रायः सबै जिल्लामा यस्तै नै छ ।  विद्यालयले बदमासी गर्दैनन् भन्ने विश्वासका आधारमा सञ्चालन हुँदै आएको जिल्लास्तरीय परीक्षामा प्रायः कुनै पनि विद्यार्थी अनुत्तीर्ण हुँदैन, जबकि एसईई ९तत्कालीन एसएलसी परीक्षा०को नतिजा लाजमर्दो छ ।

सरकारले कक्षा ८ लाई आधारभूत तहको अन्तिम परीक्षाका रूपमा परिभाषित गरेको छ ।  त्यसैले जिशिका काठमाडौँले यस परीक्षालाई आफैँले सञ्चालन गर्न जिल्लास्तरीय परीक्षा सञ्चालन तथा व्यवस्थापन कार्यविधि नै तयार गरेको छ ।

काठमाडौँका जिल्ला शिक्षा अधिकारी जयाप्रसाद आचार्यले कक्षा आठको परीक्षा शिक्षा ऐनमा नै व्यवस्था भएपछि परीक्षा व्यवस्थित ढङ्गले सञ्चालन गरिनुपर्ने बताउँदै भने , “हालसम्म प्रश्नपत्र दिने, परीक्षा चल्यो वा चलेन त्यसको अत्तोपत्तो नहुने, अन्तिममा मार्क लेजरमा अङ्क भरिदिने, त्यसलाई जिशिकामा बुझाउने र जिशिकाले छाप लगाएर प्रमाणपत्र दिने चलन छ ।  यो चलनलाई विस्थापित गर्नुपर्दछ भनेर कार्यविधि तयार गरी परीक्षा सञ्चालन गर्न लागेका हौँ । ”

कार्यविधि अनुरूप अब जिशिकाले तत्कालीन एसएलसी परीक्षाको जस्तै आवेदन फाराम भर्ने र त्यसमा सम्बन्धित विद्यार्थीको तस्बिरसमेत टाँस गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउनेछ ।  “यस्तो व्यवस्थाबाट फलानो विद्यार्थी परीक्षामा सम्मिलित हुनबाट छुटेकाले पुनः अवसर दिनुप¥यो भन्ने सम्भावना नै रहँदैन,” उनले भने ।  विगतमा परीक्षामा सम्मिलित नभएकाले पनि उत्तीर्ण भएको प्रमाणपत्र पाउने गरेको हुनसक्ने जिशिकाको भनाइ छ ।
निजी विद्यालयले सरकारले तोकेको पाठ्यक्रमका आधारमा अध्यापन गर्ने गरेका छैनन् ।  अधिकांश विद्यालयले अनिवार्य नेपालीबाहेकका अन्य पाठ्यपुस्तक सन्दर्भ सामग्रीका रूपमा स्वीकृति प्राप्त भएकामात्र अध्यापन गर्ने गरेका छन् ।
 
तोकिएका पाठ्यपुस्तक नै अध्यापन नगर्ने भएपछि साँच्चिकै परीक्षामा सम्मिलित हुँदा आफ्ना विद्यार्थीलाई समस्या पर्ने भन्दै निजी विद्यालयका सञ्चालक जिशिकाको नयाँ योजनाप्रति रुष्ट बनेका छन् ।  जिशिअ आचार्यले निजी विद्यालयले पाठ्यक्रम अनुसारका विषय पढाउँदा रहेनछन् भन्दै नैतिक शिक्षा, स्वास्थ्य तथा जनसङ्ख्या लगायतका विषय अध्यापन नगर्ने गरेको आफूले पाएको बताए ।
 
उहाँले अब उत्तरपुस्तिका पनि जिशिकाले दिने स्पष्ट गर्दै परीक्षा शुल्क प्रतिविद्यार्थी तीन सय रुपियाँ कायम गरिएको जानकारी दिनुभयो ।  विगतमा अधिकांश त्यस्ता विद्यालयले प्रतिविद्यार्थी पाँच सय रुपियाँ उठाउने गरेका थिए ।  

जिशिकाले अब पाठ्यक्रम अन्तर्गतका सबै विषयका प्रश्नपत्र उपलब्ध गराउनेछ ।  कार्यविधिले स्रोतकेन्द्रलाई परीक्षा सञ्चालनको जिम्मा दिएको छ ।  विद्यार्थीका लागि परीक्षाकेन्द्र कायम गरिनेछ ।  सकभर विद्यालय नजिक परीक्षाकेन्द्र कायम गर्ने योजनामा जिशिका छ ।  


उहाँले परीक्षा समितिको खातामा परीक्षा शुल्क जम्मा गर्नुपर्ने हुन्छ भन्दै उत्तरपुस्तिका छपाइको कार्यलाई पारदर्शी गर्न टेन्डर प्रक्रियामा लैजाने योजना बनाइएको जानकारी दिए । गोरखापत्रमा खबर छ ।

Comments: