२०७६ असोज २८ गते

आदिवासी जनजातिको विकासका लागि शिक्षामा ध्यान दिनु आवश्यकः मन्त्री जोशी

 

माधव अधिकारी

काठमाडौँ । उद्योग मन्त्री नवीन्द्रराज जोशीले आदिवासी जनजातिको विकासका लागि शिक्षामा ध्यान दिनु आवश्यक रहेको बताएका छन् । शनिबार नागार्जुन नगरपालिकाको हरिसिद्धिमा  सोनाम ल्होसारका अवसरमा आयोजित एक कार्यक्रमा मन्त्री जोशीले राज्यले संरक्षण नदिएको र अशिक्षित भएका कारण तामाङ्ग जाति पिछडिएको बताउँदै राष्ट्रनिर्माणमा तामाङ्ग जातिको भूमिकाको सम्बोधन हुने धारणा राखे ।


कार्यक्रममा व्यवस्थापिका संसंद सदस्य ध्यानगोविन्द रञ्जितले टुँडिखेलमा सीमित ल्होसार पर्वलाई टोलटोलमा विस्तार गर्नु सराहनीय भएको बताए । नागार्जुन नगरपालिकाका कार्यकारी अधिकृत जगन्नाथ लामिछानेले नेपालको मौलिक संस्कृति जगेर्ना गर्न आफनो निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।


समारोहलाई सम्बोधन गर्दै बौद्ध धर्मगुरु पाल्छाङ् बज्र लामाले भगवान बुद्धको शिक्षालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए ।नेपाल तामाङ्ग घेदुङ् ,नागार्जुन नगर समितिले आयोजना गरेको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि र स्थानीय तामाङ्ग जातिका अगुवाले बोलेका थिए ।समारोहमा तामाङ्ग जातिको मौलिक भेषभुषा सहितको झाँकी,लोकनृत्य र सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

Comments: