२०७६ भदौ ३१ गते

सार्वजनिक विद्यालयको सवलीकरण सरकारको मुख्य प्राथमिकता–शिक्षामन्त्री

ईपाटी संवाददाता


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सार्वजनिक विद्यालयको सवलीकरण सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन् ।


४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री पाखरेलले शिक्षा पूर्वाधारको पनि पूर्वाधार भएको स्पष्ट पारेका छन् ।


शुभकामना सन्देशमा मन्त्री पोखरेलले  शिक्षा क्षेत्रका प्रमुख सूचकहरूलाई नियाल्दा विकास र आयस्तरमा नेपाल सरहकै अन्य देशका उपलब्धिसँग नेपालका  उपलब्धिहरू तुलनायोग्य रहेका दावी गरेका छन् ।


 प्रारम्भिक बालविकास तथा शिक्षामा कूल भर्नादर ८४.७ पुगेको, प्रारम्भिक बालविकासको अनुभवसहित कक्षा १ मा भर्ना हुने बालबालिकाको प्रतिशत ६६.९ पुगेको उनले उल्लेख गरेका छन् ।


यस्तै,  प्राथमिक तह (कक्षा १ देखि ५), आधारभूत तह (कक्षा १ देखि ८) र माध्यमिक तह (कक्षा ९ देखि १२) को खुद भर्नादर व्रmमशः ९६.९ प्रतिशत, ९२.७ प्रतिशत र ४६.४ प्रतिशत पुगेको शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।


कक्षा ५ र कक्षा ८ सम्मको टिकाउ दर व्रmमशः ८९.६ प्रतिशत र ७७.९ प्रतिशत रहेको साथै,  लैङ्गिक समता सूचकाङ्क आधारभूत तह र माध्यमिक तहमा व्रmमशः ०.९८ र १.०१ पुगेको मन्त्री पोखरेलले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।


अभिभावकको लगानी परिचालन गरी निजी क्षेत्रले नेपालको विद्यालय शिक्षामा करिब २३ प्रतिशत विद्यार्थीहरूलाई सेवा प्रवाह गरी महत्त्वपूर्ण योगदान पु¥याएको अवस्थाको जिकिर गरिएको छ ।

 

Comments: