२०७६ मंसिर २४ गते

कम छैनन् सरकारी विद्यालय : खचाखच विद्यार्थी, उत्कृष्ट नतिजा

माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल शिक्षामन्त्री हुँदा गत वर्ष चिनजानका व्यक्तिले फोन गरे । फोनमा बाफलस्थित ज्ञानोदय माविमा कक्षा ९ मा भर्नाका लागि भनिदिन आग्रह थियो । सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गर्न मन्त्रीसम्मलाई भनसुन रु यो फोनले पोखरेल अलमलिए । विद्यालयमा गत वर्ष तीन सय जनाको भर्ना कोटा खाली थियो । ६ सय जनाले प्रवेश परीक्षा दिएका थिए । तिनमा गाउँका सरकारी स्कुल पढेकादेखि सहरका महँगा बोर्डिङ छाडेर आउन चाहनेसम्म थिए ।

ज्ञानोदय अभिभावकको रोजाइमा पर्नुको मुख्य कारण शिक्षकहरू विद्यार्थीको सिकाइमा केन्द्रित हुनु, एसएलसीमा ९० प्रतिशतभन्दा माथि नतिजा, अंग्रेजी माध्यमबाट पठनपाठन, अभिभावक र समुदायसँगको निरन्तर भेटघाट आदि नै हुन् । कक्षा नौदेखि सिभिल इन्जिनियरिङ विषय पनि पढाइ हुन्छ । सरस्वती पूजामा निजी विद्यालयले विभिन्न तामझाम गरेर भर्ना लिन्छन् । ज्ञानोदयमा तामझाम बिनै यसपालिको सरस्वती पूजामा ६३ जना विद्यार्थी भर्ना भएका थिए । त्यस दिन भर्ना हुने विद्यार्थीलाई एक हजार रुपैयाँ लिएर नाम लेखाइएको थियो अनि स्वीटर, टाई, बेल्ट सित्तैमा बाँडिएको थियो ।

नर्सरीबाहेक अरू कक्षामा वार्षिक परीक्षाको नतिजापछि कुन कक्षामा कति भर्ना लिने भन्ने यकिन गरिन्छ ज्ञानोदयमा । यहाँ भर्ना हुन धेरैजसो विद्यार्थी बोर्डिङबाटै आउँछन् । विद्यालयलाई शिक्षकले पनि पत्याएका छन् । प्रधानाध्यापक नातिकाजी महर्जनकी भतिजी सिचु यही विद्यालयको कक्षा आठमा पढ्छिन् । नेपाली शिक्षक विष्णु शर्माकी छोरी नौ कक्षामा पढ्छिन् ।


विद्यालय सफल हुनुमा शिक्षकको मिहिनेत नै मुख्य भएको महर्जन बताउँछन् । उनी आफू पनि दैनिक तीन पिरियड पढाउँछन् । अन्तिम पिरियड उनकै छ । अन्य शिक्षकले पाँच पिरियड पढाउनैपर्ने बाध्यता छ । कमजोर विद्यार्थीका लागि बिहानरबेलुका अतिरिक्त कक्षा चलाइन्छ ।

प्रारम्भिक बाल कक्षादेखि १२ सम्म दुई हजार २४ जना विद्यार्थी अध्ययनरत छन् । १० कक्षासम्म मात्रै एक हजार आठ सय ६५ जना छन् । काठमाडौं उपत्यकामा यति धेरै विद्यार्थी भएको विद्यालय यो मात्रै हो । जिल्ला शिक्षा कार्यालयले प्राविधिक धारको तीन जना शिक्षकसहित ४८ जनाको दरबन्दी दिएको छ । निजी स्रोतबाट ३१ शिक्षक राखेको छ विद्यालयले । उनीहरूलाई तलब खुवाउन विद्यालयले अभिभावकसँग मासिक सरदर तीन सय रुपैयाँ शुल्क लिने गरेको छ ।

‘अभिभावकको बुझाइमा ज्ञानोदयमा पढाइ राम्रो छ । एसएलसीमा राम्रो नतिजा ल्याउँछ । यहाँबाट एसएलसी गरेपछि अन्यत्र अध्ययन गर्दा पनि सान हुन्छ भन्ने मान्यता छ,’ प्रधानाध्यापक महर्जनले भने, ‘त्यसैले अभिभावक विद्यालयलाई सहयोग गर्न तयार हुन्छन् ।’ विद्यालयको सफलता शिक्षकको सामूहिक प्रयासले सम्भव भएको उनले बताए । बोर्डिङको जस्तै नर्सरी, केजीको व्यवस्था गरिएको छ यस विद्यालयमा । नर्सरीदेखि तीन कक्षासम्म ग्रेड टिचिङ विधिबाट पढाइ हुन्छ । ग्रेड टिचिङ भन्नाले एउटा कक्षा एक जना शिक्षकले जिम्मा लिनु हो । ‘एउटै शिक्षकले दिनभरि सबै विषय पढाउँछन् । विद्यार्थीका राम्रा र नराम्रा सबै पक्ष त्यही शिक्षकलाई थाहा हुन्छ ।

कमजोर विद्यार्थीलाई माथि उकास्ने विधि पनि त्यही शिक्षकले निकाल्छन्,’ महर्जनले भने, ‘सानो कक्षाका विद्यार्थीबारे शिक्षकलाई बच्चाकी आमालाई झैं थाहा हुन्छ ।’ अंग्रेजी माध्यमबाट गत वर्षसम्म चार ‘ब्याच’ ले एसएलसी दिइसके । गत वर्षको एसएलसीमा यही विद्यालय पढेका एक विद्यार्थीले ३।९० जीपीए ल्याए । देशभरको ९ हजार सामुदायिक विद्यालयबाट सहभागी तीन लाख २३ हजार तीन सय ९२ विद्यार्थीमध्ये १२ जनाको मात्रै ३।९० जीपीए थियो । त्यसमध्ये ज्ञानोदयका एक जना परे । विद्यालयको सधैं उत्कृष्ट नतिजा, जान्ने विद्यार्थीमार्फत नजान्ने विद्यार्थीको सिकाइ सुधार गर्ने शिक्षण विधि, प्रविधिमा आधारित सिकाइ, अतिरिक्त क्रियाकलापमा जोड दिनु नै यो विद्यालयका विशेषता हुन् । क्षेत्रीय स्तरमा पटक–पटक उत्कृष्ट यस विद्यालयले राष्ट्रिय स्तरमा समेत उत्कृष्ट पुरस्कार पाइसकेको छ ।

कक्षा ४ देखि ८ सम्म कम्प्युटर विषय अनिवार्य पढ्नुपर्छ । हरेक कक्षामा विद्यार्थीबाट ‘मोनिटर’ चुनिएको छ । कक्षा शिक्षक, विषय कोर्डिनेटर, तहगत इन्चार्जको व्यवस्था छ । त्यसबाहेक अनुशासन विभाग, अतिरिक्त क्रियाकलाप, परीक्षा विभाग, प्रकृति क्लब पनि छन् । विद्यालय वरिपरि हरियाली कायम गर्न प्रकृति क्लबका सदस्यले काम गर्छन् । विद्यार्थीको गुनासो सुन्न सूचना पेटिका राखिएको छ ।



अभिभावकसँग निकटता
विद्यालय र अभिभावकको नियमित सम्पर्क नै विद्यालयको सफलता हो । एक हजार आठ ६५ विद्यार्थीमध्ये एक सय ६५ जना मात्रै स्थानीय विद्यार्थी छन्, अन्य विद्यार्थी उपत्यका बाहिरका हुन् । अर्काको घरमा काम गर्दै पढ्ने विद्यार्थी एक सय १६ जना छन् । सरकारी कर्मचारीका छोराछोरी एक सय ४० जना, गैरसरकारी कार्यालयमा काम गर्नेका एक सय ८७ र कृषि पेसा गर्नेका छोराछोरी एक सय ६२ जना छन् । बाँकी दैनिक ज्यालादारीमा काम गर्ने अभिभावक एक हजार दुई सय ७६ जना छन् ।

अधिकांश विद्यार्थीका आमाबुबा दैनिक ज्यालादारीमा काम गरे पनि बोलाएका बेला विद्यालयमा भेला हुन्छन् । कुन कक्षाका विद्यार्थीका अभिभावकसँग कहिले भेट्ने भन्ने वार्षिक क्यालेन्डरमै निर्धारण गरिएको हुन्छ । कक्षागत शिक्षक, अभिभावक, विषय शिक्षक, तहगत कोर्डिनेटर बैठकमा बस्छन् । हरेक विद्यार्थीको विषयमा छलफल गरिन्छ ।

नियमित बैठकबाहेक नतिजा वितरण गर्ने दिन अभिभावक अनिवार्य आउनैपर्ने हुन्छ । अभिभावक भेलामा विद्यालयको शैक्षिक, भौतिक, आर्थिक समस्या सुनाउँछन् र अभिभावकसँग उठाइने शुल्क तिर्न तयार रहेको ‘माइन्युट’ गराउँछन् । ‘हामी बोर्डिङ पढाउन सक्दैनौं । सहयोगका रूपमा न्यून शुल्क तिर्न तयार छौं,’ अभिभावकको भनाइ उद्धृत गर्दै महर्जनले भने, ‘पढाइचाहिँ राम्रो होस् भन्छन् ।’

नतिजा सार्वजनिक भएपछि शिक्षकले विषयगत, प्रत्येक विद्यार्थीको नतिजा विश्लेषण गर्छन् । निर्धारित लक्ष्य पूरा भयो कि भएन रु भएन भने किन रु बहस हुन्छ । वर्षमा तीनवटा त्रैमासिक परीक्षा हुन्छ । त्यसबाहेक युनिट टेस्ट हुन्छ । कक्षा ९ र १० विद्यार्थीलाई हरेक शनिबार परीक्षा लिइन्छ ।

परीक्षाको कापी परीक्षण गरेर एक साताभित्र विद्यार्थीलाई फर्काउने व्यवस्था छ । ‘शिक्षकहरूले विद्यालयको समयभित्र पढाउँछन् । राजनीति गर्न कक्षा छाडदैनन्,’ महर्जनले भने । शिक्षकहरू एकैपटक आउँदैनन् । एउटा टोली १० बजे आइपुग्छन् । सातौं पिरियड पढाएर ३:४५ बजे जान्छन् । अर्को समूह दोस्रो पिरियड (दस बजेर ४० मिनेट) मा विद्यालय आउँछन् । यो टिम अन्तिम पिरियड साढे चार बजे सकाएर जान्छन् । यसले सुरुको पिरियडमा पनि शिक्षक आइपुग्छन्, अन्तिम पिरियडसम्म पनि शिक्षक हुन्छन् । नर्सरी, केजीदेखि तीन कक्षासम्मको पढाइ ३ बजे सकिन्छ । तर शिक्षकहरू घर जान पाउँदैनन् । पढाइसम्बन्धी काम गर्नुपर्ने हुन्छ ।

शिक्षकले कक्षामा विद्यार्थीले बुझ्ने गरी स्थानीय शैक्षिक सामग्री प्रयोग गरेर पढाउने हो भने स्वतस् नतिजा सुधार हुने महर्जनको अनुभव छ । अर्को उपायमा जान्ने विद्यार्थी र कमजोर विद्यार्थीलाई मिलाएर राख्नुपर्छ ।

सुधारका उपाय
कक्षामा अनुपस्थित विद्यार्थीको अभिभावकलाई विद्यालयबाट फोन गर्छन् । विद्यार्थी किन विद्यालय आएनन् रु जानकारी लिने व्यवस्था गरेको छ । यसले पनि विद्यार्थी नियमित भएको महर्जनले बताए । कक्षामा कमजोर भएका विद्यार्थीलाई प्रोत्साहन गर्छन् । उपचारात्मक कक्षा चलाउने व्यवस्था गरेको छ । शिक्षकहरूले विद्यार्थीलाई होच्याएर बोलाउँदैनन् । ‘विद्यार्थीलाई भगवानका रूपमा लिन्छौं,’ महर्जनले भने, ‘विद्यार्थीहरूले हाम्रो जागिर बचाएका छन् । हाम्रो कामै पढाउने हो भन्ने सोच्नुपर्छ ।’ शिक्षकका लागि विद्यार्थी किताब भएको उनी बताउँछन् । विद्यार्थी मुहार, उसले गर्ने क्रियाकलाप हेरेर पढाउनुपर्ने उनले बताए । विद्यार्थीलाई आफ्नै परिवारका सदस्य ठान्नुपर्ने उनले उनको सुझाव छ । ज्ञानोदयका शिक्षकहरूले आफ्ना विद्यार्थीलाई तपाईं भनेर सम्बोधन गर्ने गरेको उनले बताए ।

जबसम्म आफूले पढाउने विद्यालयमा छोराछोरी पढाउँदैनन्, तबसम्म विद्यालय सुधार हुन सम्भव नहुने उनको अनुभव छ । शिक्षकका छोराछोरी पढाउन थालेपछि समुदायले पनि विद्यालयलाई विश्वास गर्छन् । ‘आफ्ना छोराछोरी अन्यत्र पढाउनु भनेको आफूलाई विश्वास नगर्नु हो,’ उनले भने ।

अभिभावकको विश्वास जितेको आदर्श
ललितपुर बुङमतीको आदर्श सौलस् माविको कक्षा ११ र १२ को बिहान साढे ६ बजेदेखि कक्षा सुरु हुन्छ । त्योभन्दा १५ मिनेटअघि नै प्रधानाध्यापक सरोजभक्त आचार्य विद्यालयको गेटमा उभिइसकेका हुन्छन् । पोसाक नलगाउने विद्यार्थीलाई सोध्छन्,‘ नानीरबाबु तिम्रो ड्रेस सुकेन रु’ ढिला आउने विद्यार्थीलाई ‘आलराम लगाउन बिर्सियौ रु भन्दै सोध्छन् । विद्यार्थीले गरेको नकारात्मक कामलाई सकारात्मक तरिकाले प्रश्न सोधिन्छ । १० बजे सुरु हुने दिउँसोको विद्यार्थीलाई पनि यस्तै प्रश्न गर्छन् । विद्यालयको ढोकामै बसेर पारिवारिक कुरा गर्छन् । बुबा, आमालाई सञ्चै छ रु, मैले सम्झेको छ भन्दिनु है भन्दै ढोकाबाट विद्यार्थीलाई बिदाइ पनि गर्छन् । बेलुका घर फर्कन ढोकामा पुगेका विद्यार्थीलाई ‘आज सबै विषय पढाइ भयो रु केही समस्या पर्‍यो कि रु’ जस्ता प्रश्न सोधेर विद्यार्थीसँग दिनभरिको जानकारी लिन्छन् । प्रधानाध्यापक र शिक्षकहरूले नियमित स्वागत र बिदाइ यस्तै प्रश्न गरेर गर्छन् । ‘सबै विद्यार्थीसँग यस्ता कुरा गर्न भ्याइँदैन तर विद्यार्थीसँग आत्मीयता र नजिकपन बनाउन सकारात्मक प्रश्न गरेर प्रवेश गराउने र फर्कंदा आज पढाइ भयोरभएन बुझ्दा विद्यालयको समस्या विद्यार्थीले खुलेर भन्छन्,’ आचार्यले भने ।


शिक्षकले विद्यार्थीमाथि गर्ने व्यवहार, शिक्षकको मिहिनेतले यो विद्यालयको गुणस्तरमा कसैले औंलो ठड्याउन सक्दैनन् ।

शिक्षा कार्यालयको मूल्यांकनमा यो विद्यालय हरेक वर्ष जिल्लाको उत्कृष्टभित्र पर्दै आएको छ । तीन वर्षअघि मुलुककै उत्कृष्ट विद्यालयको सिल्डसमेत पाइसक्यो ।

प्रारम्भिक बाल कक्षादेखि १२ सम्म एक हजार सात सय ५७ जना विद्यार्थी अध्ययनरत छन् । हरेक कक्षा न्यूनतम दुइटा सेक्सनमा विभाजन गरिएको छ । कक्षा १ देखि ४ सम्म २र२ वटा, ५, ६, ७ र १० कक्षामा तीनवटा, आठ र १० मा ४र४ वटा सेक्सनमा बाँडिएको छ । हरेक कक्षामा न्यूनतम ४० जना विद्यार्थी छन् । विद्यार्थीको उपस्थिति दैनिक कति छ रु हाजिर कापीमा मात्रै सीमित हुँदैन । विद्यालयको प्रशासनिक भवनतर्फको भर्‍याङमै सबैले देख्ने गरी हवाइट बोर्डमा लेखिएको हुन्छ । यसले पारदर्शिता र कुन कक्षामा कति विद्यार्थी अनुपस्थिति छ पहिलो पिरियडमै सबैले थाहा पाउँछन् । कुन कक्षामा कति विद्यार्थी उपस्थित छन् रु सबैले देख्ने गरी प्रधानाध्यापक र शिक्षकको कोठा जाने भर्‍याङको भित्ताको बोर्डमा लेखिएको हुन्छ ।

प्रधानाध्यापक आचार्यले दैनिक दुई पिरियड लिएकै हुन्छन् । कुनै कक्षा खाली हुँदा उनी आफैं कक्षामा छिर्छन् । शिक्षकहरू बिदा बस्दा जानकारी गराउँछन् । विद्यालयको शैक्षिक अवस्था मजबुत बनाउन परीक्षा, अनुशासन, शैक्षिक, अतिरिक्त क्रियाकलाप, छात्रवृत्ति विभाग बनाइएका छन् । सबै शिक्षक कुनै न कुनै विभागमा समावेश छन् । शिक्षकहरू कुन विद्यार्थीको के समस्या छ रु भन्ने चिन्दछन् । उनीहरूको समस्या समाधान सुरुमा कक्षा शिक्षकमार्फत गर्ने प्रयास गरिन्छ । कक्षा शिक्षकले नसके विभाग, विभागले नभए प्रधानाध्यपाकसहित बैठक बसेर टुंग्याउँछन् । ‘विद्यार्थी खाना खाएर आउँछ कि नखाई आउँछ रु भोको पेटमा जतिसुकै राम्रो पढाए पनि बुझदैनन्,’ आचार्य भन्छन्, ‘पढाउने भनेको त विद्यार्थी पढ्ने हो ।’

कक्षा सुरु हुनुअघि कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरूलाई १० मिनेट मेरिटेसन गराइन्छ । विद्यालयमा जंक फुड निषेध छ । विद्यार्थीले घरबाटै खाजा बनाएर ल्याउँछन् । केहीले क्यान्टिनकै खाजा खान्छन् । विद्यालय वरिपरिको वातावरण सफा राख्न विद्यार्थीको इको क्लब गठन गरिएको छ । विद्यालयबाट निस्कने फोहर व्यवस्थापन क्लबले गर्छ । अतिरिक्त क्रियाकलापको जिम्मेवारी चाइल्ड क्लबले लिन्छ । विद्यार्थी स्वावलम्बी, आत्मनिर्भर, मर्यादित बनाउन नेपाल स्काउटको ट्र‘प पनि छ । बेलायतको टभिस्टक कलेजका विद्यार्थीसँग छलफल गर्न अंग्रेजी क्लब पनि बनाइएको छ ।

न्यून विद्यार्थी भएको विद्यालयमा पर्याप्त पूर्वाधार र खेलमैदान, सूचना प्रविधिको प्रयोग हुन्छ । यो विद्यालयमा खेलमैदान पनि छैन । खेलमैदान नभएकै कारण यसपालि नमुना विद्यालय छनोट गर्न सकेन । तर, पनि यो विद्यालय अभिभावकको रोजाइमा छ । वैशाखदेखि नयाँ भर्ना खुल्ने भए पनि अभिभावकहरू आफ्ना बच्चा भर्ना गरिदिनुपर्‍यो भन्दै फागुन पहिलो सातादेखि धाइरहेका छन् । सामुदायिक विद्यालय छाडेर निजीमा पढाउने क्रम बढेका बेला यो विद्यालयमा विद्यार्थी बढ्नुको कारण एउटै हो, नियमित र गुणमा आधारित पढाइ । एसएलसीको नतिजालाई आधार मान्ने हो भने ०६५ सालयता ९० प्रतिशतभन्दा तल झर्नुपरेको छैन । सयभन्दा बढी विद्यार्थी एसएलसीमा सहभागी गराएर पनि शतप्रतिशत नतिजा ल्याउन सफल भएको छ ।

अरू विद्यालय र यो विद्यालयका शिक्षकले पाउने तलब उस्तै हो । तालिम सबैले एउटै पाएका हुन् । अन्यत्र सामुदायिक विद्यालयमा पर्याप्त शिक्षक छन् । विद्यार्थी न्यून छन् । यो विद्यालयमा विद्यार्थी छन्, दरबन्दी न्यून छ । सरकारले २९ जना शिक्षकको दरबन्दी दिएको छ । त्यसमा स्थायी शिक्षक १८ जना मात्रै हो । विद्यालयले निजी स्रोतमा थप २५ जना शिक्षक राखेका छन् । यिनै जनशक्तिको मिहिनेतले विद्यालयको नतिजा हरेक वर्ष उत्कृष्ट हुन्छन् । ‘निजी स्रोतबाट नियुक्त गरिएका शिक्षक न्यून तलब बुझछन् तर उनीहरू गुणमा आधारित सिकाउँछन्,’ आचार्यले भने ।


निजी स्रोतको शिक्षक तलबमा वार्षिक ३० लाखभन्दा बढी खर्च हुन्छ । यो रकम विद्यार्थीहरूबाटै उठाइन्छ । एक जना विद्यार्थीले वार्षिक न्यूनतम ५ सयदेखि तीन हजार रुपैयाँसम्म शुल्क बुझाउनुपर्ने नियम छ । ‘सरकारी दरबन्दीको शिक्षकले मात्रै यतिका विद्यार्थीलाई पढाउन सकिँदैन,’ आचार्यले भने, ‘निजी स्रोतबाट राखेको शिक्षकलाई तलब खुवाउन र परीक्षा चलाउन विद्यार्थीसँग पैसा लिन्छौं ।’ पढाइमा कुनै कमी नगरेपछि शुल्क तिर्न अभिभावक पनि राजी छन् । शुल्क तिरेपछि अभिभावकले पनि आफ्नो लगानी रहेको अनुभव गर्छन् । त्यसैले विद्यालयले बैठकका लागि बोलाएको बेला आइपुग्छन् । विद्यालयको कमजोरी थाहा पाउन अभिभावकसँग नियमित बैठक गर्छन् । नतिजा वितरणमा अभिभावक अनिवार्य आउनैपर्ने हुन्छ । ‘अभिभावक नआएसम्म नतिजा दिँदैनौं,’ प्रधानाध्यापक आचार्यले भने, ‘आफ्नो बच्चाको पढाइ कस्तो छ रु अभिभावकले थाहा पाउँछन् ।’ कमजोर विद्यार्थीका अभिभावकलाई बारम्बार विद्यालय बोलाएर सुधारको बाटो खोजिन्छ । विद्यालयको क्यालेन्डरमै कुन कक्षाको अभिभावकसँग कहिले भेट्ने भन्ने उल्लेख हुन्छ । शैक्षिक सत्रको सुरुमा अभिभावक भेला गरेर विद्यालयको प्रगति र आगामी वर्षको योजनाबारे छलफल गरिन्छ । ‘अभिभावकसँगै बसेर चिया खाएपछि विद्यालयप्रतिको हेर्ने दृष्टिकोण नै फरक पर्दो रहेछ,’ उनले भने, ‘यसले विद्यालयमा देखिएको समस्या अभिभावकले नै जानकारी गराउँछन् ।’

विद्यार्थीको सिकाइ उपलब्धि पढाउन त्रैमासिक परीक्षा अघि युनिट टेस्ट लिने व्यवस्था छ । युनिट टेस्ट, त्रैमासिक परीक्षामा कमजोर भएका विद्यार्थीले पुुनस् परीक्षा दिनुपर्ने व्यवस्था छ । त्यसबाहेक क्लास टेस्ट पनि हुन्छ । क्लास टेस्टको प्रश्न विद्यार्थीलाई नै बनाउन लगाइन्छ । कक्षा १० मा चारवटा सेक्सन छ भने एउटा सेक्सनबाट एक सेट प्रश्न तयार गर्न लगाइन्छ । एउटा सेक्सनले तयार गरेको प्रश्नको उत्तर अर्को सेक्सनका विद्यार्थीले दिनुपर्छ । उत्तरपुस्तिका पनि विद्यार्थीलाई नै परीक्षण गर्न लगाइन्छ । विद्यार्थीका गल्ती शिक्षकले औंल्याउनुभन्दा उसकै साथीहरूले भनिदिँदा चाँडो सिक्ने शिक्षक बताउँछन् । यो विद्यालयमा विद्यार्थीको आकर्षण हुनुको मुख्य कारण अंग्रेजी माध्यम हो । डेढ दशकअघि अंग्रेजी माध्यम सुरु गर्दा शिक्षक त्यति अभ्यस्त थिएनन् । तत्कालीन प्रधानाध्यापक भीम सापकोटा अंग्रेजी शिक्षक थिए । उनले विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ सुरु गर्न कक्षामा बोलिने शब्दहरूको संगालो नै तयार पारे र शिक्षकहरूलाई दिए । क्रमशस् अंग्रेजी माध्यम सुरु गरेको यो विद्यालयमा अहिले सबै विषय यही माध्यमबाटै पढाइ हुन्छ । त्यसैले बोर्डिङ छाडेर यो विद्यालयमा आउन चाहने धेरै हुन्छन् ।


विद्यालयको सिकाइ उपलब्धि बढाउन शिक्षकहरूको नियमित बैठक हुन्छ । विद्यार्थीको नतिजा वितरणपछि कुन विद्यार्थीका अवस्था के छ रु विश्लेषण गरिन्छ । निश्चित प्रतिशत सिकाइ बढाउने लक्ष्य राखिएको हुन्छ । पूरा भयो, भएन रु शिक्षक बैठकमा छलफल हुन्छ ।

आदर्श सौलस् हरेक वर्ष जिल्ला उत्कृष्ट हुन्छ । नतिजा राम्रो गरेकै कारण राष्ट्रिय स्तरमा समेत उत्कृष्ट यस विद्यालयलाई अहिलेको अवस्थामा पुर्‍याउन निजी स्रोतका शिक्षकको भूमिका पनि छ । त्यही विद्यालयबाट स्नातकमा उत्कृष्ट अंक ल्याएका विद्यार्थीलाई निजी स्रोतका शिक्षकमा जिम्मेवारी दिइन्छ । ‘निजी स्रोतका शिक्षक जाँगरिला र केही गरांै भन्ने भावना हुन्छन्,’ उनले भने, ‘न्यून तलब लिएर उनीहरूले उच्च योग्दान गरिरहेका छन् ।’


शिक्षकले पत्याएको स्कुल
प्रधानाध्यापक कृष्णप्रसाद धन्छाका कान्छा छोरा सगुन यही विद्यालयमा कक्षा ४ मा पढछन् । चार वर्षअघि यही विद्यालयबाट एसएलसी दिएका दिएका जेठा छोरा सौगातले ८४ प्रतिशत ल्याएका थिए । सहायक प्रधानाध्यापक ज्ञानसागर प्रजापतिकी नातिनी प्रावधा प्रजापति यहीँ कक्षा ८ मा पढिरहेकी छन् । व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्वाख्वाकी छोरी रेजा कक्षा १ मा पढिरहेकी छन् । कुनै निजी विद्यालयका पिन्सिपल र व्यवस्थापन समितिका पदाधिकारीले आफ्ना छोराछोरी आफ्नै स्कुलमा पढाएको विवरण होइन यो । भक्तपुरको वागेश्वर माविमा प्रधानाध्यापक, व्यवस्थापन समितिका पदाधिकारीदेखि कर्मचारीको छोराछोरी आफू कार्यरत विद्यालयमै पढाउँछन् । धन्छाका अनुसार शिक्षक, कर्मचारीको छोराछारी मात्रै ५४ जनाले अध्ययन गरिरहेका छन् ।
 
यसबाहेक सरकारी कर्मचारीका छोराछोरी एक सय २६ जना अध्ययनरत छन् । ‘आफ्नो विद्यालयको पढाइप्रति आफैंलाई विश्वास नगर्ने हो भने अरूको छोराछोरी किन ल्याउँछन् रु’ धन्छाले भने, ‘आफ्नो शिक्षण क्रियाकलापमा विश्वास गरेर मेरा छोराछोरी यहीं पढायो भने पो अरूले पनि पढाउँछन् ।’ विद्यालयमा शिक्षक कर्मचारीको छोराछोरी पढाउँदा परीक्षा शुल्कबाहेक अरू तिर्नु नपर्ने व्यवस्था छ । प्रारम्भिक बाल कक्षादेखि १२ सम्म तीन हजार तीन सय ७६ विद्यार्थी अध्ययनरत छन् । यो संख्या एसएलसीपछिको प्राविधिक धार पढ्ने दुई सय २९ सहित हो । कक्षा १० सम्म मात्रै एक हजार सात सय ४० जना छन् । १० सम्म पढाउन ४१ जनाको शिक्षक दरबन्दी छ । माविमा ९ जना, निमाविमा १०, प्राविमा २२ जना छन् । विद्यालयको निजी स्रोतमा ३७ जना राखिएको छ ।

विद्यालयमा कम्प्युटर शिक्षा अनिवार्य छ । निजी विद्यालयसँग कक्षा प्रतिस्पर्धा गर्न सात कक्षासम्म बोर्डिङकै क्यालेन्डर लागू गरिएको छ । अंग्रेजी माध्यममा पढाइ सुरु गरेको झन्डै एक दशक पुग्न लाग्यो । सस्तोमा पढ्न पाइने, बोर्डिङको भन्दा योग्य शिक्षकले पढाउने भएकोले विद्यार्थीको चाप छ । विद्यालयको नतिजा पनि राम्रो छ । ‘शिक्षकहरू विद्यार्थीप्रति जिम्मेवार हुन्छन् । बन्दरहडतालमा कहिल्यै कक्षा रोकिँदैन,’ सहायक प्रधानाध्यापक प्रजापतिले भने, ‘अतिरिक्त क्रियाकलाप हुन्छ । नियमित उपचार कक्षाको व्यवस्था गर्छौं ।’

त्रैमासिक परीक्षाको नतिजा सबैको समान हुँदैन । सार्वजनिक नतिजामाथि शिक्षकहरू विश्लेषण गर्छन् । ‘कमजोर देखिएका विद्यार्थीलाई बिहान–बेलुका थप कक्षा चलाउँछौं । अभिभावकसँग छलफल गर्छौं,’ उनले भने, ‘जसरी बिरामीलाई डाक्टरले उपचार गर्छन् । त्यसैगरी कमजोर विद्यार्थीलाई निगरानी गरेर पढाइन्छ ।’ अन्यत्र विद्यालयमा तीनवटा त्रैमासिक परीक्षा हुन्छ । यो विद्यालयमा वर्षमा चारवटा हुन्छ । प्रारम्भिक बाल कक्षाका विद्यार्थीलाई मासिक तीन सय ५० रुपैयाँ लिएर दैनिक खाजा खुवाउने गरेको छ ।

प्रारम्भिक बाल कक्षामा २० जना विद्यार्थी बराबर दुई शिक्षिका र एक आयाको व्यवस्था छ । प्रारम्भिक बाल कक्षामा तीन सय २३ जना छन् । कक्षा नौमा ५ वटासम्म सेक्सन छुट्याइएको छ । आठ र १० मा चारवटा सेक्सनको व्यवस्था छ । अरू कक्षामा पनि कम्तीमा दुइटा सेक्सन छन् ।

विद्यार्थी भर्ना हुन प्रवेश परीक्षा दिनुपर्ने हुन्छ । बोर्डिङ स्कुल छाडेर यहाँ पढ्न चाहन्छन् । भक्तपुरको नगरकोट र काठमाडौंको विभिन्न स्थानमा च्यामासिंह आइपुग्छन् । यो विद्यालय अभिभावकको रोजाइमा पर्नुको मुख्य उद्देश्य ९नियमित पढाइ हुने० शतप्रतिशत नतिजा, मिहिनेती शिक्षक नै हो ।

निजी स्रोतबाट राखेको शिक्षक पनि सफलताको एउटा सूत्र भएको प्रजापतिले बताए । विद्यालय वरिपरि दर्जनको हाराहारीमा बोर्डिङ स्कुल छ । तर पनि यो विद्यालयमा भर्ना हुन बोडिङ छाडेर आउने विद्यार्थी पनि छन् ।

विद्यालयमा विद्यार्थीको चाप बढ्नुको कारण अंग्रेजी माध्यमबाट पढाइ हुनु पनि हो । नर्सरीदेखि १० कक्षासम्म अंग्रेजी माध्यमबाट पढाइ हुन्छ । पढाउने शिक्षक सरकारी दरबन्दीकै हुन् । नपुग शिक्षक निजी स्रोतबाट राखेका छन् । अन्यत्रका शिक्षक नियमित कक्षामा नबसी हल्लिएर हिँडछन् । तर, यो विद्यालयमा अनिवार्य उपस्थित हुनैपर्छ । अनि अंग्रेजी माध्यमबाटै पढाउनुपर्छ । ‘सुरुको केही वर्ष शिक्षकहरूलाई पनि गाह्रो भयो,’ धन्छा भन्छन्, ‘अहिले त सबैमा बानी परिसक्यो ।’ शिक्षकको लगनशीलता र मिहिनेतले विद्यालयको नतिजा राम्रो भएको धन्छाले बताए ।


विद्यालयमा के समस्या छ ? विद्यालयले अभिभावकबाट थाहा पाउन चाहन्छ । अभिभावकसँग नियमित फोन, व्यक्तिगत सम्पर्क, त्रैमासिक रूपमा हुने परीक्षाको नतिजा लिन आउँदा अभिभावकसँग भेट गर्छन् । समुदायसँग पनि नियमित सम्पर्कमै छन् । विद्यालय र समुदायबीच नजिक हुन विद्यालयले प्रकाशन गर्ने पत्रिका टोल–टोलमा बाँडछन् ।

विद्यार्थीको नियमित स्वास्थ्य जाँच
विद्यालयको राम्रो पक्ष विद्यार्थीहरूको नियमित स्वास्थ्य जाँच पनि हो । वर्षमा एक पटक आँखा, कान, दिसा परीक्षण गरिन्छ । शिक्षकले कक्षामा जतिसुकै राम्रो पढाए पनि विद्यार्थीको समस्या भयो भने त्यसको अर्थ हुँदैन । विद्यार्थीको आँखामा समस्या छ भने पढ्न र बोर्डमा लेखाएको सार्न सक्दैन । यो समस्या पत्ता लगाउन वर्षमा एक पटक आँखा परीक्षण गराउने गरेको छ । कतिपय विद्यार्थी कान कम सुन्छन् । यस्ता समस्या छ कि छैन पत्ता लगाउन विशेषज्ञले परीक्षण गर्छन् । पेटमा देखिएको समस्या पत्ता लगाउन दिसा जाँच गर्ने व्यवस्था गरेको छ । ‘बच्चा स्वास्थ्य छैन जतिसुकै राम्रो विधि अपनाए पनि उपलब्धि राम्रो हुँदैन,’ सहायक प्रधानाध्यापक प्रजापतिले भने, ‘परीक्षण गर्दा केहीको आँखा कम देख्ने, कान कम सुन्ने पायौं ।’

बिदा नबस्ने शिक्षकलाई भत्ता
शिक्षक अनुपस्थित भएर कुनै कक्षा खाली हुँदैन । कुनै विषयको शिक्षक अनुपस्थित भएमा कक्षा नभएका शिक्षकलाई पठाउने गर्छन् । अर्काको कक्षा पढाएबापत शिक्षकले ‘ओटी’ समेत पाउँछन् । विद्यालयका अनुसार प्राविमा कक्षा खाली हुँदा अर्को शिक्षकले कक्षा लिएमा प्रतिकक्षा २० रुपैयाँ, निमाविमा ३०, माविमा ४० रुपैयाँ पाउँछन् । सट्टामा पढाउँदा हरेक पिरियड पढाएको रेकर्ड हुन्छ । सट्टामा पढाउने शिक्षकले आफूले कति पिरियड पढायो भन्ने चैत मसान्तमा विवरण विद्यालय प्रशासनमा पेस गर्छन् । शिक्षकले पढाएको रेकर्ड र हाजिर कापी रुजु गरेर अतिरिक्त पढाएको बेग्लै भत्ता दिइन्छ ।

शिक्षकले पाउने वार्षिक २४ दिन बिदा उपयोग नगरे एक महिनाको तलब दिने व्यवस्था छ । यसले शिक्षकलाई विद्यालय आउने भावना बढाएको छ । विद्यालयले अभिभावकसँग वार्षिक चार सयदेखि तीन हजार रुपैयाँ लिने गरेको छ । अभिभावकसँग लिएको शुल्कले निजी स्रोतको शिक्षकलाई तलब खुवाउन खर्च हुने गरेको विद्यालयले जनाएको छ ।

विद्यालयमा पढाउनु नै राजनीति
नेमकिपा समर्थक शिक्षक संगठनका अध्यक्ष नै यही विद्यालयका सहायक प्रधानाध्यापक हुन् । उनी बिदाको दिनबाहेक पार्टी र संगठनको काममा लाग्दैनन् । ‘हाम्रो राजनीति कामदार र कृषकका छोराछोरीलाई स्तरीय शिक्षा दिनु हो । पार्टीगत राजनीतिमा लाग्दैनौं,’ उनी भन्छन्, ‘हाम्रो माउ पार्टीको राम्रो पढाउ भनेर निर्देशन छ ।’ नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेको श्रीमती शोभा प्रधान निमावि नेपाली शिक्षक हुन् । उनी पनि स्कुल समय पूरै समय कक्षामै बिताउँछिन् । ‘नेताको श्रीमतीको नाताले छुट हुँदैन । साढे १० बजेसम्म कक्षा सुरु हुन्छ । त्यो बेलासम्म आइसक्नुहुन्छ,’ उनले भने । विद्यालयमा साढे १० बजेभन्दा ढिला आउने शिक्षकलाई गेट बाहिर राखिन्छ । शिक्षकहरू र नेताहरू पनि धेरै पटक बाहिरबाटै फर्किएका छन् । ‘हामीले इमानको साथ पढाएपछि पेसागत धर्म हुँदा यसको जस पार्टीलाई जाँदो रहेछ,’ प्रजापतिले भने ।

शून्य विद्यालयमा विद्यार्थी दान
जिल्ला शिक्षा अधिकारीले सिद्धि शारदा प्राविलाई वागेश्वरीमा मर्ज गर्ने पत्र पठाएका थिए । वागेश्वरीले मर्ज गर्नेभन्दा पनि व्यवस्थापन जिम्मेवारी लिने प्रस्ताव अघि सार्‍यो । कार्यालयले पनि समर्थन जनायो । सिद्धि शारदाका चार शिक्षकलाई वागेश्वरीमै हाजिर गराउन थालियो । विद्यार्थी शून्य भएको विद्यालय ब्रह्मायणी पीठको भोजघरमा सारेर निजी स्रोतबाट भर्ना गरिएका चार जना शिक्षकलाई विद्यालयको जिम्मेवारी दिइयो । व्यवस्थापनको जिम्मा वागेश्वरीले नै लियो । एक वर्षअघि आफ्ना ८० जना विद्यार्थी त्यही विद्यालयमा पठायो । अहिले यो विद्यालयमा एक सय १४ विद्यार्थी नियमित आउँछन् ।

वागेश्वरीले नजिकैको शून्य विद्यार्थी भएको भीम आदर्श निमाविलाई पनि १४ जना विद्यार्थी दिएर व्यवस्थापनको जिम्मेवारी लिएको थियो । यो विद्यालयमा पनि अहिले ६० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । त्यस्तै बह्मायणी प्रावि लिवालीलाई पनि सुधार गर्न सहयोग गरिरहेको छ । ‘आफू मात्रै सफल भएर हुँदैन, आफ्ना वरपरका विद्यालय पनि सफल बनाउन सक्नुपर्छ, अनि मात्रै सफल भइन्छ,’ प्रधानाध्यापक धन्छाले भने । कान्तिपुर दैनिकमा मकर श्रेष्ठले लेखेका छन् ।

Comments: