काठमाडौं ।  अब शिक्षक र कर्मचारीले शिक्षण बाहेकका अन्य कुनैपनि कार्यमा सहभागी हुन नपाउने भएका छन् ।

सरकारले जारी गरेको राष्ट्रिय शिक्षा नीतिमा  विद्यालय, प्राविधिक शिक्षालय, विश्वविद्यालय वा शिक्षण संस्थाका शिक्षक र कर्मचारीले तोकिएको दैनिक कार्य समयावधिभर  शिक्षासँग सम्बन्धित बाहेक अन्य कुनै पनि पेसामा आबद्ध हुनलाई रोक लगाएको हो ।

यसैगरी शिक्षककर्मचारीलाई कुनै पनि गैरसरकारी संस्थाका गतिविधि वा राजनीतिक व्रिmयाकलापमा सहभागी हुने कार्यमासमेत रोक लगाइएको छ ।

शिक्षक तथा कर्मचारी र पदाधिकारीहरूलाई आफ्नो जिम्मेवारी वहन गर्दै पेसा वा जिम्मेवारीप्रति उत्तरदायी बनाउन पेसागत आचारसंहिता बनाई लागू गर्ने एवंं पेसागत हक हित संरक्षणका लागि एकल पेसागत संगठनको कानूनी प्रबन्ध गर्ने .शिक्षा नीतिमा उल्लेख छ ।

राष्ट्रिय शिक्षा नीतिमा  सबै तह र प्रकारका शिक्षण संस्थामा काम गर्ने शिक्षक, प्रधानाध्यापक, प्राध्यापक तथा कर्मचारी र पदाधिकारीको पेसागत आचारसंहिता तयार गरी लागू गरिने र सो अनुसार भए नभएको अनुगमन गरिने स्पष्ट पारिएको छ ।

यसैगरी विद्यालय र विश्वविद्यालयका शिक्षक तथा कर्मचारीको पेसागत हकहित संरक्षण र पदीय जिम्मेवारीप्रति उत्तरदायी बनाउन एकल पेसागत संगठन मात्र रहने व्यवस्था गरिने उल्लेख छ । यसको मतलव अब शिक्षक कर्मचारी शिक्षक महासंघ बाहेकका दलिय संगठनमा आबद्ध हुन नपाउने भएका छन् ।

प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीको कार्यसम्पादन मूल्याङ््कन प्रक्रियालाई पारदर्शी तथा नतिजामा आधारित बनाउन कार्यसम्पादन सम्झौता गरिने नीतिमा उल्लेख छ । .

२०७६ पुस ६ गते १०:२६मा प्रकाशित

प्रतिकृया दिनुहोस्