एसईई दिने विद्यार्थीलाई लक्षित गरि रोल्पामा दूरशिक्षा कार्यक्रम सुरु गरिँदैछ । कोरोना भाईरसको महामारीका कारण लकडाउनको अवधि थपिदै गएपछि रोल्पाका युवाहरुको अगुवाईमा यस्तो कार्यक्रमको थालनी गरिएको हो ।

सत्प्रयास समूहको आयोजनामा उक्त कक्षा सञ्चालन गरिने छ । अंग्रेजी, गणित र विज्ञान विषयमा उक्त कक्षा संचालन गर्न थालिएको सत्प्रयास समूहले जनाएको छ । ‘१५ दिनको प्याकेज बनाएर एफएम रेडियो र यूटुव च्यानलवाट प्रशारण गर्ने तयारी गरिरहेका छौं’, अभियान्ता खेम बुढाले भने । अहिले म्याराथुन कक्षाका रुपमा संचालन हुने सो कक्षाको रेकर्डिङको काम भइरहेको बुढाले बताए ।

‘जिल्लाका ७ वटा एफएम रेडियो र सत्प्रयास समूहको यूटुव च्यानलवाट समेत हेर्न सक्ने गरि रेकर्डिङको तयारी गरिरहेका छौं’, वुढाले भने– ‘१÷२ दिन भित्रै प्रसारणको तयारीमा छौं ।’

‘कक्षा संचालनका लागि अंग्रेजी, गणित र विज्ञान शिक्षकहरुले स्वयमसेवी ढंगले सहयोग गर्दै हुनुहुन्छ’, अर्का अभियान्ता ईन्जिनियर मुकेश कुवरले भने । ‘छायांकलन र रेकर्डिङमा जिल्लामा कृयाशील टेलिभिजन पत्रकारहरुले निशुल्क सहयोग गरिरहनु भएको छ ।’

जिल्लामा एसईई लक्षित दुर शिक्षा कार्यक्रम संचालन गर्न लागेको भन्दै अभिभावकहरुले खुसी व्यक्त गरेका छन । लकडाउनको अवधि लम्विदै जाँदा विद्यार्थीहरु विग्रन थालेको भन्दै छिटोभन्दा छिटो कक्षा संचालन गर्नुपर्ने सुनिल स्मृती गाउँपालिका १ घोडागाउँका अभिभावक केशव कवर प्रदीपले बताए । परिवर्तन गाउँपालिका १ कुरेलीका प्रविन मगरले एसईई विद्यार्थी लक्षित दूरशिक्षा कार्यक्रमले नतिजा सुधारमा सहयोग पुग्ने आशा व्यक्त गरेका छ ।

२०७६ चैत्र २७ गते २३:१९मा प्रकाशित

प्रतिकृया दिनुहोस्