२०७६ भदौ २ गते

तिलिंगाटार माविको उत्कृष्ट एसइइ नतिजा

ईपाटी संवाददाता


काठमाडौं । धापासी स्थित तिलिंगाटार माविले  माध्यमिक शिक्षा परीक्षा एसइइमा  उत्कृष्ट नतिजा हासिल गरेको छ ।


विद्यालयबाट एसइइ परीक्षामा सहभागी १५७ विद्यार्थी मध्ये १ जनाले ३.६० देखि ४.० जीपीए, ३४ जनाले नै ३.२५ देखि ३.६० जीपीए प्राप्त गरेका छन् ।


यसैगरी, ४८ जनाले २.८५ देखि ३.२० र ३८ जनाले २.४५ देखि २.८० जीपीए प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक सरोजकुमार पाण्डेले जानकारी दिए । उनका अनुसार २.० देखि २.४ जीपीए ल्याउने विद्यार्थीको संख्या २६ रहेको छ ।


इञ्जिनियरिङसमेत पढाइ हुने यस विद्यालयमा विद्यार्थीहरुका लागि दैनिक दुईपटक भावातित् ध्यान गराइने गरिएको छ ।


Comments: