२०७६ चैत्र २६ गते

छाउगोठ भत्काउने अभियानमा शिक्षक संगठन

इपाटी संवाददाता


अछाम । नेपाल राष्ट्रिय शिक्षक संगठन सुदूरपश्चिम प्रदेशभरी छाउपडी प्रथा विरुद्धको अभियानमा सहभागी हुने भएको छ ।

संगठनको अछाम जिल्ला कार्यसमितिले माघ २८ गते एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारको अभियानको रुपमा संचालन गरेको छाउगोठ भत्काउने अभियानलाई सम्मान र समर्थन गर्दै अभियानमा सहयोग र क्रियाशिल रहन शिक्षकहरुसँग आग्रह गरेको छ ।

नयाँ परिस्थितिमा महिला दिदिबहिनीहरु र उनका घरपरिवारका सदस्यहरुलाई सम्झाइ बुझाई यो कुप्रथाबाट मुक्त गराउन हाम्रो दायित्व ठानेका छौं । जिल्ला अध्यक्ष जानकि बोहराले जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

मूलतः सुदुरपश्चिम प्रदेशमा पुस्तौंदेखि चेतनाका कमिले मान्दै आई रहेको छाउप्रथा र महिनावारी हुँदा गोठमा बस्नुपर्ने दैनिक कामकाजबाट विमुख हुनुपर्ने कुसस्ंकार प्रथाको विरुद्धमा संगठन निरन्तर लागिरहने जनाइएको छ ।
 

Comments: