२०७६ भदौ २ गते

बालमन्दिर माविमा खो–खो

इपाटी संवाददाता/हुम्ला

 

चर्चाबाट हराउन थालेको खो–खो खेलको प्रतियोगिता विद्यालयमा सञ्चालन गरिएको छ । खेललाई बचाइ राख्न बालमन्दिर माविले सदनात्मक प्रतिस्पर्धात्मक रुपमा उक्त खेल आयोजना गरेको हो ।

विद्यालयका पाँच वटा सदनका बीचमा प्रतिस्पर्धा  गरिएको खो–खो खेलमा जुपिटर पहिलो भएको थियो भने द अर्थ द्वितीय भएको थियो ।  द सन भने तृतीया हुन सफल भएको विद्यालयका शिक्षक मधु बस्नेत शाहीले जानकारी दिए ।


 नौ जना खेलाडी सहभागिता रहने प्रतियोगितामा द भेनस र द मक्युरी टिमले पनि सहभागिता जनाएका थिए । प्रतियोगितामा बिजेता टिमलाइ पुरस्कार प्रदान गरिने भएको छ । लोप हुन लागे पछि खेललाई खेलाडीका बिच ताजकी गराउनका लागि विद्यालयले प्रतियोगिता सञ्चालन गरेको विद्यालयले जनाएको छ ।

Comments: