२०७६ भदौ २ गते

पालिकास्तरीय बाल सञ्जाल गठन

राजन रावत/हुम्ला

         
सिमकोट गाउँपालिकास्तरीय बाल सञ्जाल गठन गरिएको छ । बाल बालिकाका समस्याहरु पहिचान र त्यसको समाधान गर्नका बालबालिका स्तरबाटै पैरवी गर्न  गाउँपालिकास्तरीय बाल सञ्जाल गठन गरिएको हो ।


सिमकोट गाउँपालिकाका कार्यवाह अध्यक्ष कृष्ण बहादुर बोहराको अध्यक्षतामा बसेको बैठकले मानसरोवर माविका सौगात बोहराको अध्यक्षतमा १५ सदस्यीय पालिका स्तरीय बाल सञ्जाल गठन गरिएको हो ।


सञ्जालको उपाध्यक्षमा शाही कैलाश मावि, सचिवमा जुनेली रोकाया बाल मन्दिर, कोषाध्यक्षमा प्रसान्त बोहरा रामदेव र सहसचिवमा शुनिता शाही कैलाश मावि रहेका छन् ।


 त्यसैगरी, सदस्यहरुमा कुम्मर बुढा शैपाल मावि, शैलेश बोहरा रलिङ मावि, शोभा भण्डारी रामदेव मावि, सुजाता वुढाथाकी मानसरोवर, मनदेबी सिंह कर्णाली मावि, पुलमु वुढा सैपाल मावि, शिवा शाही कर्णाली मावि, राज वहादुर परियार बालमन्दिर मावि, आशा शाही कैलाश मावि, निमायाङजु लामा रलिङ मावि रहेका छन् ।


सञ्जालको शनिवार वसेको बैठकले मासिक रुपमा बैठक वस्ने निर्णय पनि गरेको सिमकोट गाउँपालिकाका सुब्बा ममता महतले बताए ।  नयाँ छनौट  भएका अध्यक्ष बोहराले बालबालिकाका हक हित र समस्याका सम्बन्धमा सञ्जालले पैरवी गर्ने बताए ।

Comments: