२०७६ चैत्र २५ गते

शिक्षाका कर्मचारीलाई ७ दिनभित्र समायोजित तहमा हाजिर हुन निर्देशन

इपाटी संवाददाता


भक्तपुर । ७ भित्र तोकिएको प्रदेश र स्थानीय तहमा नजाने शिक्षाका कर्मचारीहरु कार्बाहीमा पर्ने भएका छन् ।


बिहिवार  शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बिहिवार ७७ वटै शिक्षा विकास तथा समन्वय इकाईलाई पत्र लेख्दै ७ दिनभित्र तोकिएको प्रदेश र स्थानीय तहमा हाजिर हुन निर्देशन दिएको हो ।


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुस ९ गते सबै मन्त्रालय, केन्द्र, सचिवालय, आयोग, प्राधिकरणमा पत्र लेख्दै प्रदेश तथा स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुलाई अनिवार्य रुपमा समायोजन भएका तहमा नियमानुसार ७ दिनभित्र रमाना दिई हाजिर हुन पठाउन साथै, सोको जानकारी मन्त्रालयलाई दिन भन्दै अनुरोध गरेको थियो । सोही पत्रको आधारमा केन्द्रले ७७ वटै समन्वय केन्द्रलाई पत्र लेखेको हो ।

सामान्य प्रशासन मन्त्रालयले समायोजित कर्मचारीलाई २१ दिन भित्र रमाना दिई हाजिर हुन पठाउन भदौ १५ मा पत्र पठाएपनि कर्मचारीहरु समायोजित तहमा हाजिर हुन नगएको भनी गुनासो प्राप्त हुन आएकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

७ दिन भित्र समायोजित तहमा गए नगएको भनी अनुगमन हुने र अनुगमनका क्रममा उल्लेख बमोजिम रमाना नदिने पदाधिकारी र हाजिर हुन नजाने कर्मचारी उपर कानून बमोजिम कार्बाही अगाडि बढाइने पुस ९ गते सचिवस्तरको निर्णय भएको समेत सामान्य प्रशासन मन्त्रालयले स्पष्ट पारेको छ ।



Comments: