२०७६ भदौ ३१ गते

सरकार आगामी दुई वर्षभित्र साक्षर नेपाल घोषणा गर्न प्रतिवद्ध– प्रधानमन्त्री

ईपाटी संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आगामी दुई वर्षभित्र साक्षर नेपाल घोषणा गर्न प्रतिवद्ध रहेको बताएका छन् ।


चालिसौं राष्ट्रिय शिक्षा दिवस तथा त्रिपन्नौं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले ज्ञान, सीप र प्रविधिलाई उपयोग गर्दै आगामी दिनहरुमा नेपालले शैक्षिकस्तर माथि उठाउने स्पष्ट पारेका हुन् । वर्तमान सरकारका कार्यक्रम र गतिविधि त्यही दिशातर्फ लक्षित रहेका उनको भनाइ छ ।


शुभकामना सन्देशमा प्रधानमन्त्रीले हाम्रा पूर्खाहरुले वैदिककाल देखि नै मान्यजन तथा विद्वत व्यक्तित्वहरुको सान्निध्यमा कचहरी, धार्मिकसभा, गुरुकुलशिक्षाजस्ता सम्मानित संस्थाहरुबाट शिक्षाको प्रसार गर्ने गरेका धारणा व्यक्त गरे ।

Comments: