२०७६ कार्त्तिक २ गते

बिरामी शिक्षकलाई नगरपालिकाले पाँच लाख सहयोग गर्ने

ईपाटी संवाददाता

इनरुवा । यहाँका एक बिरामी शिक्षकलाई इनरुवा नगरपालिकाले पाँच लाख सहयोग गर्ने भएको छ । सुनसरी सदरमुकाम इनरुवास्थित नवयुग एकेडेमीका शिक्षक सरोज दुलाललाई नगरपालिकाले सो सहयोग गर्न लागेको हो ।

‘सिभर एप्लाष्टिक एनिमिया’का बिरामी दुलाल खर्च अभावका कारण उपचारबाट बञ्चित छन् । नगरपालिकाका जनप्रतिनिधि तथा सम्पूर्ण कर्मचारीको तलबभत्ताबाट कटौती हुने गरी दुलालको उपचार खर्च जुटाउन लागिएको नगरप्रमुख राजन मेहताले जानकारी दिए । उनले एक महीनाको तलब उपचारका लागि सहयोग गर्ने घोषणा गरे । अन्यले दुई दिनको तलब दुलाललाई सहयोग गर्ने मेहताले बताए ।

“मानवीय धर्म सम्झेर सहयोग उपलब्ध गराउन लागिएको हो”, उनले भने । खर्च अभावपछि भारतमा उपचार गराउँदै आएका दुलाल घर फर्किएका छन् । चिकित्सकले दुई महीनाभित्र उपचार नगराए बिरामीको ज्यान जाने बताएका छन् । दुलालका लागि स्थानीयस्तरमा उपचार खर्च सङ्कलन अभियान सञ्चालन गरिएको छ ।


Comments: