२०७६ भदौ २ गते

परीक्षाको मुखैमा अस्थायी शिक्षकको विज्ञापनमा पदसंख्या थप

भक्तपुर । शिक्षक सेवा आयोगले भदौ ३ गतेका लागि तय गरेको अस्थायी शिक्षकको विज्ञापनमा पदसंख्या थपघट गरेको छ । आयोगले आईतबार सूचना प्रकाशित गरी पद संख्या थपघट भएको सार्वजनिक गरेको हो ।


आयोगले कञ्चनपुर जिल्लाको प्राथमिक तहका तीनवटै र सुदुर पश्चिमाञ्चलको निमावि सामाजिक र मावि विज्ञानमा पदसंख्या थप गरेको हो ।


आयोगले कञ्चनपुर जिल्लाको प्राथमिक तहको विज्ञापन नम्बर १०१ मा २१, विज्ञापन नम्बर १०२ मा ६६ र विज्ञापन नम्बर १०३ मा १३ पदसंख्या थपेको हो । यसअघि प्रकाशित विज्ञापनमा १०१ विज्ञापन नम्बरमा ९, १०२ विज्ञापन नम्बरमा २९ र १०३ विज्ञापन नम्बरमा ६ पदसंख्या थियो ।


यस्तै, सुदुर पश्चिमाञ्चलको निमावि तहको विज्ञापन नम्बर २०३ सामाजिक विषयमा १६, माध्यमिक तहको विज्ञापन नम्बर ३०३ विज्ञान विषयमा ४ पदसंख्या पुर्याईएको छ । यस अघि यी पदमा क्रमश ८ र १ पद संख्या कायम थियो ।


शिक्षा विभागले यस अघि पठाएको बिवरणमा सच्याए पछि आयोगले पनि उक्त पदसंख्यालाई सच्याएको हो । पदसंख्या थप हुँदा प्रतिष्पर्धिलाई थप सजिलो हुनेभएको छ ।

Comments: