२०७६ असोज २८ गते

साठी प्रतिशत विद्यालयमा व्यवस्थापन समिति

पाल्पा । शिक्षा ऐनको पछिल्लो संशोधनको प्रावधानसँगै पाल्पाका ६० प्रतिशत जति विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।

जिल्लामा सञ्चालित चारसय ४६ सामुदायिक विद्यालयमध्ये हालसम्म कार्यालयको तथ्याङ्कअनुसार दुईसय ५६ वटा विद्यालयमा मात्र समिति गठन भएको जिल्ला शिक्षा कार्यालय पाल्पाका प्राविधिक सहायक चुरामणि मरासिनीले बताए ।

जिल्लाका १८ वटा स्रोतकेन्द्रमध्ये गाडाँकोट, रिङ्गनेरह र झडेवा स्रोतकेन्द्रका सबै विद्यालयमा मात्र नयाँ विद्यालय व्यवस्थापन समिति गठन भइसकेको उनले बताए । तोकिएको समय नजिकै आउँदा विद्यालय व्यवस्थापन समिति गठन गर्न बाँकी रहेका विद्यालयमा अझै पनि राजनैतिक दलको चलखेलले समिति गठन प्रक्रिया अन्यौलमा परेको छ ।

जिल्ला शिक्षा कार्यालयले माघ मसान्तभित्र जिल्लाका सामुदायिक विद्यालयमा नयाँ संशोधित ऐनअनुसार विद्यालय व्यवस्थापन समिति गठन गर्न दिएपनि राजनैतिक दलका कारण विद्यालयमा समिति गठन हुन नसकेको हो । जिल्लामा चारसय ४६ सामुदायिक र ५० संस्थागत गरी चार ९६ विद्यालय संचालनमा छन् । गोरखापत्रमा खबर छ ।

Comments: