काठमाडौं । अखिल नेपाल शिक्षक संगठन(एण्टो)का अध्यक्ष घनश्याम पाठकलाई सरकारले प्रवल जनसेवाश्री पदकबाट सम्मानित गरेको छ ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १० स्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयका प्रधानाध्यापक रहेका पाठकलाई सामुदायिक शिक्षाको सुधारमा योगदान गरेवापत पदकबाट सम्मानित गरिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पदक वितरण गरेकी छन् । देशभर सामुदायिक विद्यालयमा विद्यार्थी संख्या निरन्तर घटिरहेको अवस्थामा उनको विद्यालयमा भने ५ हजार बढी विद्यार्थी अध्ययन गरिरहेका छन् । सिकाइउपलब्धि समेत अब्बल रहेको उनको विद्यालयमा निजी विद्यालय छाडेर आउने विद्यार्थीको चाप थेगिनसक्नु हुने गरेको छ ।

शैक्षिक गतिविधिमा अब्बल भएकै कारण विद्यालयले थुप्रै पटक राष्ट्रियस्तरको शिक्षा पुरस्कार प्राप्त गरिसकेको छ । यो स्कुलमा नर्सरीदेखि कक्षा १२ सम्म ५ हजार ५२९ विद्यार्थी अध्ययनरत छन् ।

गत वर्ष मात्र यो स्कुलले नजिकै रहेको मानवज्ञान माध्यमिक विद्यालयलाई गाभेर नाम परिवर्तन गरेको थियो । गाभिनुअघि यो स्कुल कालिका माध्यमिक विद्यालयको नामबाट परिचित थियो ।

२०१८ सालमा कालिका माविको स्थापना भएको थियो । अहिले यो मुलुककै उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा परिचित छ ।

२०७६ बैशाख ३ गते ०९:२८मा प्रकाशित

प्रतिकृया दिनुहोस्