२०७६ चैत्र २० गते

विद्यालयकाे लापरबाहीले ६७ विद्यार्थी बिरामी

अन्तैबाट

राजविराज । गत बिहिबार सप्तरीको सुरुङगा नगरपालिका ७ हरिपुर स्थित राष्ट्रिय प्राथमिक विद्यालयले सरस्वती पूजाकाे दिन बासी तरकारी खुवाएर ६७ जना विद्यार्थी बिरामी भएका छन् ।

शनिबार साँझबाट विद्यार्थीहरु बिरामी पर्न थालेको र आइतबारसम्म बिरामीको संख्या ६७ पुगेको सुरुङगा नगरपालिकाका नगरप्रमुख मुक्तीनाथ चौधरीले जनाकारी दिए।

बिरामीको संख्या बढेपछि विद्यालयमै राखेर उनीहरुको उपचार हुँदैछ। बिरामीहरुमा डायरिया,ज्वरो,पेट दुख्ने लगायतको समस्या देखिएको छ। आइतबार जिल्ला जनस्वास्थ्य कार्यालयको स्वास्थ्यकर्मीसहितको टोलीले बिरामीको उपचार विद्यालयमा नै गरिरहेका छन्। विद्यार्थीका दिशाको नमुना परिक्षण गरिएको छ।

नमुना परिक्षणका क्रममा फुड प्वाइजनिङका कारण समस्या भएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जनाएका छन्।

बिरामीहरुको अवस्थामा सुधार भईरहेको र सोमबार बिहानको अवस्था हेरेर उनीहरुलाई डिस्चार्ज गरिने जनस्वास्थ्य प्रमुख यादवले बताए।

अवधेशकुमार झाले कान्तिपुरमा खबर लेखेका छन् ।

Comments: