२०७६ असोज २८ गते

हजार बढी विद्यार्थी भूकम्प प्रभावित जिल्लामा, पुनर्निर्माणमा सघाउने

कास्की । पोखरा विश्वविद्यालयमा इन्जिनियरिङ अध्ययनरत एकहजार बढी विद्यार्थी भूकम्पपछिको पुनर्निर्माणमा खटिने भएका छन् । सिभिल इन्जिनियरिङ अध्ययनरत विद्यार्थीलाई पुनर्निर्माणमा खटाउने मन्त्रीपरिषद्को निर्णय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आग्रह अनुसार विश्वविद्यालयले अभियानमा खटाएको हो ।

विश्वविद्यालय अन्तर्गत १३ सम्बन्धन र एउटा आंगिक गरी १४ कलेजका सिभिल, सिभिल एन्ड रुलर र आर्किटेक्चर इन्जिनियरिङ अध्ययनरतमध्येबाट एक हजार ५० विद्यार्थी छानिएको छ ।

विश्वविद्यालयबाट विद्यार्थी खटाउने पोखरा पहिलो बनेको छ । विज्ञान तथा प्रविधि संकायका डिन बुद्धिराज जोशीका अनुसार छनौटमा परेका विद्यार्थीलाई एक सातको प्रशिक्षण सुरु भइसकेको छ । प्रशिक्षणपछि २१ दिन उनीहरुलाई भूकम्प अति प्रभावित क्षेत्रमा खटाइनेछ ।

‘प्राधिकरणको आग्रहलाई स्विकार्दै विद्यार्थाीलाई स्वयंसेवककारुपमा खटाउन लागेका हौं,’ उनले भने, ‘यसले सैद्धान्तिक ज्ञानलाई व्यवहारमा प्रत्यक्ष उतार्ने मौका पाउनेछन् ।’ पुनर्निमाणमा खटिएको जनशक्तिलाई विद्यार्थीले प्राविधिक सहयोग गर्नेछन् ।  कान्तिपुरमा खबर छ ।

Comments: