२०७६ मंसिर २३ गते

महायज्ञबाट प्राविधिक शिक्षा

दमौली  । तनहुँको शुक्लागण्डकी ८ स्थित गाउँफर्कोदय माविमा प्राविधिक शिक्षा सञ्चालन गर्न महायज्ञ आयोजना गरिएको छ ।

मावि र सहिद कृष्ण क्याम्पसको संयुक्त आयोजनामा महायज्ञ लगाइएको हो । महायज्ञमा संकलित रकमबाट विद्यालय र क्याम्पसको भौतिक पूर्वधार विकास तथा शैक्षिक स्तरको वृद्धि गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव भट्टराईले बताए ।

महायज्ञबाट करिब २ करोड रुपैयाँ बराबर दान संकलन भएको छ । यसले कृषि, भेटेरेनरी जेटिए र सबओभरसियरको कक्षा सञ्चालन गर्ने तयारी विद्यालयको छ । स्थानीय विद्यार्थीलाई उच्च शिक्षा सञ्चालन गर्नका लागि सहिद कृष्ण क्याम्पसले विद्यालयसँग मिलेर संयुक्त महायज्ञ आयोजना गरेको क्याम्पसका अध्यक्ष महेश्वर भट्टराईले बताए।

-कान्तिपुरबाट

Comments: