२०७६ भदौ ३१ गते

दक्षिण अफ्रीकामा सवैकालागि निजी शिक्षाको माग किन उठीरहेको छ ?

दक्षिण अफ्रीकाको जोहनेसबर्गमा द फोरम फोर सर्भिस डेलीवरी (F4SD) नामक संस्थाले सवैलाई गुणस्तरीय निजी शिक्षा उपलव्ध गराउन माग गरेको छ । यस मागको पछाडीको कारण भने उसले निजी विद्यालयमा पढ्ने झण्डै ९९ प्रतिशत छात्रा उत्तीर्ण हुनुलाई मानेको छ ।


यी उत्तीर्ण हुने छात्राहरु मध्ये झण्डै ८७ प्रतिशतले ब्याचलर डिग्री र झण्डै ९.८३ प्रतिशतले डिप्लोमा कोर्से सकेको समेत उसले दावी गरेको छ । सो संस्थाले कित सरकारी विद्यालयहरुको गुणस्तर सुधार हुनुपर्छ हैन भने सवैले निजी विद्यालयमा पढ्न अवसर पाउनुपर्ने माग गरेको छ ।


यस संगठन द्धारा जारी एक वक्तव्यमा भनिएको छ । ‘हाम्रो शिक्षा प्रणाली श्रम बजारको हिसावले योग्य छात्राको माग पुरा गर्न असफल छ । दक्षिण अफ्रीकामा पहिले देखि नै युवा वेरोजगारी को दर धेरै छ जसमा ग्रेजुएशन गर्ने युवाहरु समेत सामेल छन् ।’


संस्थाले सरकारी विद्यालयबाट उत्तीर्ण विदार्थीहरुको विश्वविद्यालयको पढाइ राम्रो नहुने गरेको र उनहिरु विश्वविदालयबाट जेनतेन उत्तीर्ण गरेपनि विश्वश्रम बजारमा प्रतिष्पर्धा गर्न असफल रहेका दावी गरेको छ ।


नेपालमा सवै सरकारी शिक्षक कर्मचारीका छोराछोरी अनिवार्य सरकारी विद्यालयमा पढाउनुपर्ने जोडदार माग उठीरहेका बेला दक्षिण अफ्रीकामा भने अभिभावकहरुले समेत निजी विद्यालयमा छोराछोरी पढाउने अवसरदिन सरकासँग माग गरेका हुन् ।


यो खवरले के स्पष्ट संकेत गर्दछ भने सरकारी विद्यालयबाट उपलव्ध शिक्षादेखि मान्छेको मोहभंग हुँदै छ । जसलाई यस संस्थाद्धारा आफ्नो मागको माध्यमबाट सुधार गर्ने पयास गर्दैछ । ताकी अवस्थामा केहि सुधारको रुपरेखा बन्न सकोस् । सरकारी विद्यालयमा शिक्षाको गुणस्तरीयतालाई प्रभाव पार्ने कारणहरु प्रति ध्यान दिन सकियोस् । जसरी शिक्षक तालिम, विद्यालयमा उत्कृष्ट शिक्षण सिकाई प्रति ज्यादा केन्द्रित गर्न, विद्यार्थीलाई विश्वविद्यालयको लागि तयार गर्न, निजी विद्यालयका पक्षमा आवाज उठाउन मदत मिलोस । विद्यालयका पक्षमा आवाज नेपालमा पनि उठ्छ तर यसरी खुलेआम माग भने आजसम्म हुन सकेको छैन ।


सवैकालागि गुणस्तरीय निजी शिक्षा
दक्षिण अफ्रीकाको एक वेवसाइटमा प्रकाशित खवरका अनुसार सो संस्थाको तर्फबाट आधारभूत शिक्षा विभागलाई एसएलसी उत्तीर्ण छात्राहरुको प्रदर्शनबाट शिक्षा लिन समेत आग्रह गरिएको छ । यस्तै शिक्षा सवैलाई उपलव्ध गराउनुपर्दछ जवकी यसमा आर्थिक दायित्व नै बढी किन नहोस् ।


संस्थाको भनाई के छ भने द इन्डिपेन्डेन्ट एक्जामिनेशन बोर्ड (आईईबी) के परिणाम बताउँछ कि यदि हामी पुरै बोर्डका लागि स्वतन्त्र शिक्षा अपनाउन सकियो भने मात्रै देशले विकास गर्दछ । द फोरम फोर सर्भिस डेलिभरी नामक संस्थाले सरकारसँग शिक्षक तालिम कलेजलाई फेरी सुचारुगर्न समेत अपिल गरेको छ । ताकी कुशल शिक्षकको माग पुरा गर्न सकियोस् । जो सार्वजनिक शिक्षा व्यवस्थको गिर्दो स्तरलाई सुधार्न मेरुदण्डको काम गर्न सकुन । किनभने लामो समय देखि सो बन्द रहेको छ ।


‘दक्षिण अफ्रीकाको कक्षाकोठामा विद्यार्थीको संख्या अत्याधिक रहने गरेको छ । यसको कारण एकजना शिक्षकका लागि विद्यार्थीलाई समाल्न समेत मुस्किल बन्दै जान थालेको छ ।’ एक गैरसरकारी संस्थामा कामगर्नेे शिक्षक प्रशिक्षकले भने ।


दक्षिण अफ्रीकामा सरकारी विद्यालयको अवस्था कस्तो छ ? यस समाचारबाट समेत लगाउन सकिन्छ । जहाँ शिक्षकलाई तालिम दिने कलेज लामो समय देखि बन्द छ । जनता त्यसलाई फेरी सञ्चालन गर्नुपर्ने माग गरिरहेका छन् ताकि शिक्षकहरुलाई शिक्षण सिकाई सम्बन्धी उचित तालिम मिलोस र उनीहरुको कार्यकौसलमा गुणत्मक सुधार आओस् र अन्ततः सरकारी विद्यालयको अवस्था राम्रो बनाउन मदत मिलोस् ।
-एजेन्सीहरुको सहयोगमा

Comments: