२०७७ जेष्ठ २१ गते

अस्थायी शिक्षक पछि अब प्राध्यापक पनि आमरण अनसन बस्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आंशिक शिक्षकलाई करार बनाउन माग गर्दै आंशिक प्राध्यापक महेश गजुरेल आमरण अनशनमा बस्ने भएका छन् ।

त्रिभुवन विश्वविद्यालयले वर्षौदेखि आंशिक रुपमा प्राध्यापन गराइरहेका प्राध्यापकको बौद्धिक शोषण गरिरहेको र यसको अन्त्यका लागि चारपटक सम्झौता गरे पनि कार्यान्वयन नभएको विरोधमा आमरण अनशन बस्न लागेको उनले जानकारी दिए । बुधबार बेलुका ४ बजे त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय कीर्तिपुरको प्रवेशद्वारमा आमरण अनशन सुरु हुने त्रिभुवन विश्वविद्यालय आंशिक प्राध्यापक संघले जनाएको छ । त्यही ठाउँमा ६५ दिनदेखि आंशिक प्राध्यापकले रिले अनसन गरिरहेका छन् ।

आंशिक प्राध्यापकलाई करार गर्न २०६३ साल भदौ ६ गते, २०६५ साल असोज २१ गते, २०६६ साल भदौ २१ गते र २०६९ साल जेठ ३२ गते नेपाल सरकारले गरेको सम्झौताको कार्यान्वयन नगरेको र महिनौदेखिका शान्तिपुर्ण आन्दोलनलाई पनि बेवास्ता गरेपछि आमरण अनशन सुरु गर्ने निर्णय भएको संघका महासचिव केशव चन्दले जानकारी दिए । पाँच दिनभित्र पनि माग पूरा नभए धेरैजना आंशिक प्राध्यापकले एकसाथ आमरण अनशन सुरु गर्ने पनि उनले बताए । कान्तिपुरमा खबर छ ।

 

 

Comments: