२०७७ जेष्ठ १९ गते

प्रगतिशिक्षा सदन माविको निरन्तर प्रगति यात्रा


ललितपुर । जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालयको पहिचान बनाउन सफल प्रगति शिक्षा सदन माध्यमिक विद्यालय कोपुण्डोलले आफ्नो ६६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ मनाएको छ ।


कार्यक्रममा वार्षिक परीक्षामा उत्कृष्ट विद्यार्थी तथा अन्य शिक्षक एवं अभिभावकहरुलाई सम्मान तथा पुरस्कार वितरण, छात्रावृत्ति वितरण साथै, शैक्षिक वर्ष २०७३ को वार्षिक परीक्षाको नतिजा प्रकाशित गरियो । साथै, खेलकूद तथा अन्य अतिरिक्त कृयाकलापमा विजयी हुने विद्यार्थीहरुलाई मेडल तथा पुरस्कार वितरण समेत गरियो ।


२० बर्ष भन्दा बढी सेवागर्ने शिक्षकहरु मुन्ना सिंह, रचना जोशी प्रधान र रत्ना प्रधानलाई सम्मान गरिएको थियो । कार्यक्रममा जिल्ला शिक्षा कार्यलयबाट प्राप्त १५४ जना विद्यार्थीहरुलाई शैक्षिकवर्र्ष २०७३ को बिभिन्न छात्रवृत्तिहरु वितरण गरिएको थियो ।


कार्यक्रममा विद्यालयका प्रधानाध्यपक सूर्यप्रसाद घिमिरेले शैक्षिकवर्ष २०७३ को वार्षिक प्रगति तथा आर्थिक बर्ष २०७२/०७३ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रधानाध्यापक घिमिरेले आगामी वर्ष सिकाइ उपलव्धिमा देखिने गरी सुधार गर्न योजनावद्ध रुपमा लागिने जानकारी दिए ।


विव्यस अध्यक्ष प्रा. बिनोदकुमार श्रीवास्तवले शिक्षक विद्यार्थी र अभिभावकको त्रिपक्षिय मेहनतका कारण विदालयले निरनतर प्रगति गर्दै गइरहेको बताए । उप–जिशिअ खेमनाथ पोखरेलले विद्यालयले निरन्तर प्रगति गर्दै आएको बताउँदै यसलाई निरन्तरता दिन आग्रह गरे ।


कार्यक्रममा भवननिर्माण समितिका सदस्य अरबिन्दचन्द्र अमात्यले विद्यालय भवन निर्माणको लागि १५,०००।– सहयोग प्रदान गरेका थिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु अन्जु शाहसिंह, दिपेन्द्र शाह, कन्चन कार्की, अनिता चौधरी, फ्रेण्डस् क्लब कोपुण्डोलका अध्यक्ष राजिवराज पौडेल, छात्रवृत्तिदाताहरु सुभद्रा प्रसाई र अमृता अर्याल, टोल सुधार समितिका अध्यक्ष द्वारिका नेम्कुल, भवन निर्माण समितिका सदस्य अरबिन्दचन्द्र अमात्यलगायतका सहभागिता रहेको थियो ।


कार्यक्रममा शिक्षक अपर्णा थापाकार्कीले स्वागत मन्तव्य दिएकी थिइन भने शिक्षक दयाराज आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए ।

Comments: