२०७७ जेष्ठ २१ गते

स्थानीय तहमा शिक्षाका प्रतिबद्धता पूरा गर्नै समस्या

काठमाडौं । स्थानीय तहमा शिक्षामा पर्याप्त बजेट नहुँदा निर्वाचनका समयमा राखेका प्रतिबद्धता पूरा गर्न जनप्रतिनिधिहरूलाई कठिन भएको छ । सार्वजनिक शिक्षाको सुधारदेखि शिक्षाका नयाँ संरचना बनाउन पर्याप्त बजेट नहुँदा जनप्रतिनिधिलाई समस्या भएको हो ।

नगरपालिका र सहरी क्षेत्र भएका तहमा भन्दा गाउ“पालिकामा स्रोत जुटाउन समस्या भएको छ । ललितपुरको महांकाल गाउ“पालिका अध्यक्ष रामचन्द्र दाहालले केन्द्रले शैक्षिक क्षेत्रमा शिक्षकको तलबभत्ता मात्र दिएकाले निर्वाचनका वेला गरिएका प्रतिबद्धता पूरा गर्न कठिन भएको बताए । ‘हामीसँग शिक्षाका लागि रकम जुटाउने स्रोत छैन’ दाहालले भने, ‘भएको स्रोतलाई उच्चतम प्रयोग गरेर पहिलेको भन्दा दोब्बर गुणस्तर बढाउ“छौँ ।’


भूकम्पले भत्काएका विद्यालय भवन बनाउने, प्राबिधिक शिक्षालय चलाउने, प्रत्येक विद्यालयमा इ–लाइब्रेरी, अनिवार्य रूपमा कम्प्युटर शिक्षा दिने, सामुदायिक विद्यालयको गुणस्तर सुधार्ने प्रतिबद्धता जनाएका थिए । गाउ“पालिकामा छुट्टै थप स्रोत नभए पनि शिक्षाको जनशक्तिलाई प्रयोग गरेर राम्रो काम गर्ने योजनामा उनी छन् ।

कोन्जोसोम गाउ“पालिकाले पनि उस्तै समस्या भोगेको छ । गाउ“पालिकाका अध्यक्ष गोपीलाल स्याङ्तानले बजेटमा सीमित गरेकाले आफूले चाहेअनुसारको काम गर्न नसकेको बताए । उनले पनि स्थानीय निर्वाचनमा निजी विद्यालयजस्तै सामुदायिक विद्यालयको शिक्षा सुधार गर्ने, सुरक्षित विद्यालय भवन बनाउनेलगायतका प्रतिबद्धता जनाएका थिए ।

‘संविधानले विद्यालय तहमा काम गर्ने अधिकार दिएको छ । गुणस्तरीय शिक्षा, मातृभाषामा शिक्षा दिने सोच भए पनि बजेट नहुँदा काम गर्न समस्या छ,’ अध्यक्ष स्याङ्तानले भने, ‘शिक्षामा नया“ ढंगले काम गर्न खोजेका थियौँ । बजेट अभावले सम्भव भएन ।’ सरकारले शिक्षामा आठ करोड २६ लाख ७७ हजार रुपैयाँ विनियोजन गरेको छ । तर, त्यो रकम शिक्षकको तलबभत्ताका लागि मात्र भएको उनले बताए । नयाँपत्रिकामा खबर छ ।

Comments: