२०७६ असोज २८ गते

बेचबिखन तथा हिसां प्रभावित चेलीका लागि छुट्टै पुस्तकालय


चितवन । मानव बेचबिखन तथा हिसां प्रभावित चेलीहरुका लागि छुट्टै पुस्तकालयको व्यवस्था गरिएको छ । मानव बेचबिखन तथा महिला हिसां बिरुद्ध कार्यरत संस्था चेली नेपालले पुस्तक दिवसको अवसर पारेर यसको सुभारम्भ गरेको हो ।


पुस्तक दिवसको अवसरमा चितवनका साहित्यकार धनराज गिरी, द्धारिका नेपाल, स्थानीय श्रीकृष्ण गोकर्ण उपाध्यायलगायतले पुस्तक सहयोग गर्नुभएको थियो । पुस्तकालयका लागि साझा प्रकाशन साथै अन्य सहयोगीहरुले पुस्तक उपलब्ध गराउने प्रतिवद्धता प्राप्त भएको चेली नेपालको आयआर्जन कार्यक्रम संयोजक सिन्धु ढकालले जानकारी दिइन् ।


चेली नेपालले महिला बेचबिखन तथा हिसां प्रभावित महिलाहरुका लागि सीपमुलक तालिम र तालिम पश्चात व्यवसायिक पुनस्थार्पनाका लागि काम गर्दै आएको छ । तालिम केन्द्रमा आश्रित चेलीहरुको सीप विकाससँगै नेतृत्व विकास र नैतिक शिक्षाका लागि सहयोगी होस् भन्ने उदेश्यले पुस्तकालयको सुरुवात गरेको हो । महिला बेचबिखन तथा लैगिंक हिंसा न्युनिकरणका लागि संस्थाले सीपमूुलक तालिमसँगै छात्रवृत्ति कार्यक्रम साथै जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

Comments: