२०७६ भदौ २ गते

कक्षा ११ आंशिक तर्फको नतिजा सार्वजनिक

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले गत जेठमा सञ्चालन गरेको कक्षा ११ को आंशिक तर्फको परीक्षाफल प्रकाशित गरेको छ ।


परीक्षामा सहभागी १ लाख ७ हजार ९ सय ९५ मध्ये ४२ हजार ७ सय ९९ जना उत्तीर्ण भएको बोर्डले जनाएको छ । गत वर्ष आंशिक तर्फ ३४ दशमलव ६५ प्रतिशत उत्तीर्ण भएकोमा यस वर्ष ३९ दशमलव ७३ प्रतिशत उत्तीर्ण भएका छन् ।

नतिजा थाह पाउन यहाँ क्लिक गर्नुहोस् : http://www.neb.gov.np 


यसअघि नियमीत र आंशिकको नतिजा एकै पटक प्रकाशित गर्दा विद्यार्थीले अर्को तह पढ्न नपाउने हुँदा एक बर्ष खेर जाने भएकोमा यस वर्ष देखि आंशिक र नियमितको नतिजा छुट्टा छुट्टै प्रकाशित गर्न शुरु गरेको परीक्षा बोर्डले जनाएको छ ।


कक्षा ११ को नियमीत तर्फको नतिजा भने पुस पहिलो साता सम्म सार्वजनिक गर्ने गरी काम भईरहेको बोर्डले जनाएको छ । कक्षा ११ को परीक्षामा आंशिक सहित ३ लाख ६९ हजार ४ सय २६ परीक्षार्थी सहभागी थिए ।

Comments: