२०७६ असोज २९ गते

विद्यालयमा मनोविमर्शकर्ता

 

रोल्पा । विद्यार्थी काम्ने समस्या देखिएका रोल्पाका केही विद्यालयमा जिल्ला शिक्षाको पहलमा मनोविमर्शकर्ता खटाइने भएको छ। पहिलो चरणमा पूर्वी गाउँको सूर्योदय मावि सुलीचौर र दक्षिणको होलेरीस्थित महेन्द्र माविका विद्यार्थीलाई परामर्श गर्न पठाउने तयारी भएको शिक्षा अधिकारी चिरञ्जीवी पौडेलले बताए।

विद्यालयमा अध्ययनरत विद्यार्थीमा मानसिक समस्या देखा परेकाले जिल्ला बाहिरबाटै मनोविमर्शकर्तालाई बोलाइएको उनले बताए। केही समयदेखि खुङ्ग्रीको हिले गाउँलगायतका विद्यालयमा विद्यार्थी काम्ने समस्या देखिएको थियो। यो समस्या अझै उस्तै छ। कतिपयले विगतको सशस्त्र द्वन्द्वको प्रभावले विद्यार्थीमा यस्तो समस्या आएको बताइएको छ । कान्पिुर दैनिकमा खबर छ ।

Comments: